×

सन्दर्भ : जनयुद्ध दिवस

'गरिबका छोराछोरी लडेको दिन'

काठमाडाैं | फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन परेको छैन । जसरी चोक र गल्लीहरूमा दिनदहाडै गरिबको अपमान गरिन्छ, त्यसरी नै सामाजिक सञ्जालहरूमा जनयुद्ध दिवसको अपमान गर्न केही थान रजौटाहरू आँखा तन्काएर बसेका छन्।

आफ्नै साथीले आज आएर हामीलाई अचानक गरिब भन्यो भनेर माओवादी कमरेडहरू नरिसाउनु होला। मर्न हिँडेको मान्छे रिसाएर केही काम छैन। लुट्न नपाएर, खान नपाएर जंगल पसेको हो भन्ने आरोप लागेका मान्छेहरूलाई जति पैसा कमाए पनि सबैले गरिब नै देख्दा रहेछन् । चोर, फटाहा, लुटेरा, हत्यारा, डाँका, गाईको मासु खाने अधर्मी, मन्दिरमा पिसाब फेरेको पापी लगायतका कठोर उपनामहरू दिँदा रहेछन् । भैँसी पूजा गरेर धर्मकर्म गर्न खोज्दा पनि जंगली भनेर गाली नै गर्छन् । 


Advertisment

गरिबहरूले लड्ने जंगलमा नै हो । दरबारभित्र त धनीहरू पो लड्ने हो । राजाको रोलक्रम मिच्नका लागि दरबारभित्र बन्दुक उठाएर वंशनाश गरिएको थियो । १२ वर्ष बन्दुक उठाएर केही भएन, तर १० मिनेट बन्दुक उठ्दा इतिहास नै नामेट भयो। यसरी धनीका सन्तानहरू आफ्नो बाउ-आमासँग लड्छन्, गरिबका सन्तानहरू प्राय: न्याय र समानताका लागि लड्छन्। गरिबहरू इतिहास निर्माण गर्न लड्छन्, धनीहरू इतिहास नामेट पार्न लड्छन् । यसर्थ, यो सारा विश्व ब्रम्हाण्ड गरिबहरूले बनाएको हो। कतै पढेको थिएँ, जिसस क्राइस्ट, अल्लाह र शिवजी पनि माओवादीहरू जस्तै गरिब थिए ।


Advertisment

माओवादीहरू लडेर आखिर के पाए भन्ने केही घनाड्यहरू छन्। सम्पूर्ण दिमाग पैसामा हुनेहरूले गर्ने तर्क यस्तै हो । टन्न पैसा कमाउन सकेन भने डिग्री, पीएचडी पढेको मान्छेलाई समेत 'पढेर के नापिस्' भन्ने समाज हो यो । कुनै पनि समाजले आफ्नो आयतनअनुसारको प्रश्न जन्माउँछ । र, त्यो प्रश्नहरूमा खिस्सीटिउरीको बोझ धेरै हुन्छ। धनको अगाडि बौद्धिकता पनि भिखारी बनिदिन्छ । तपाईं जतिसुकै बौद्धिक हुनुहोस्, राम्रो जुत्ता र ज्याकेट लगाउन सक्नुभएन भने तपाईंलाई आफ्नै छोराछोरीले पनि बाउ भन्न लाज मान्छन् ।

एक बारको जुनीमा यो लाज भन्ने कुरा पनि बडो गजबको हुँदो रहेछ। यस्ता लजालुहरूले गरिब भएर पनि धनी भएको नाटक गर्दा रहेछन् । भोकमरी लागेको बेला माटोमा गाडिसकिएको कुहिएको चामल खोसाखोस गरेर खान बाध्य हुनुपरेको एकजना रजौटाले 'यो देश राजाले बनाएको हो' समेत भन्न भ्याए । जनयुद्धमा जति मान्छे मरे त्यो भन्दा धेरै मान्छे हैँजा र झाडापखालाको औषधि खान नपाएर मरे । राजाको पालामा कन्दमुल खाएर प्राण धानेको त्यो गणतन्त्रविरोधी रजौटा आज भोलि मोटाएर पुट्ट पेट फुलाएको छ। भन्दा नमीठो सुनिन्छ तर राजतन्त्रको अन्त्य भएपछि मात्रै त्यो रजौटाले पेटभरी भात खान पाएको हो। 

हो, माओवादीहरूले केही पाएका छैनन्। २५० वर्ष शासन गरेको शाही राज परिवारको छोरा पारसले त केही नपाएर सडकमा हिँडिरहेका छन्, जनयुद्ध लडेर के पाउने यार ? युवराज भैसकेको मान्छेसँग जाबो हेल्मेट किन्ने पैसा पनि छैन। जसलाई आफ्नै टाउकोको माया लाग्दैन, उसलाई देशको पनि माया लाग्दैन। विचारा यिनले त माओवादीले भन्दा धेरै दु:ख पाएका छन्। विदेश गयो, उतै पक्राउ खान्छन्। दरबारबाट मात्रै निकालामा परेनन्, बाउआमाको काखबाट पनि निकालामा परेका छन्। तर, दु:खको कुरा कम्तीमा राजाको पालामा राम्रो मान्छेलाई तक्मा दिन्थे, तर माओवादीको पालमा मैले एउटा तक्मा पनि पाएको छैन ।

संसारमा थरीथरीका मानिसहरू छन्। कोही पैसाका लागि लड्छन्, कोही समानता लागि । लड्ने कुरा आ-आफ्नो गच्छे र रुचिअनुसार रहेछ । लडेर के पाइस्, भन्ने प्रश्नको जवाफमा माओवादीहरूसँग कुनै उत्तर छैन, किनकि जो कहिल्यै कानूनको अधिनमा थिएनन्, तिनीहरूको अगाडि लडेर न्याय पाएँ भन्नु एक मजाक मात्र हो। जो कहिल्यै विभेदमा परेका थिएनन्, तिनीहरूको अगाडि लडेर समानता पाए भन्नु अचम्म लाग्दो कुरा हो। लडेर, मरेर केही पनि पाइन्न । धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीहरू शहीद भएर केही पनि पाएनन् । तिनका परिवारहरू अरबपति छैनन्, मार्सिडिज चढेर हिँड्दैनन् । 

जो आजीवन चाकडीमा लागेर सम्पत्ति जोड्न माहिर हुन्छ, उसलाई प्रजातन्त्र भन्ने थाहा हुँदैन । ऊसँग कुनै विचार हुनुपर्दैन, एकपोका सक्खर र तोरीको तेल हमेसा झोलामा भए पुग्छ। त्यस्ता तेलधारी मान्छेहरूका लागि प्रजातन्त्र त राणा शासनमा पनि थियो । आफ्नै दुलही उपहारस्वरूप टक्राउन पछि नपर्नेभन्दा ठूलो प्रजातन्त्र अरू केही हुन सक्दैन। जसले राणाकालमा पढ्न, लेख्न, बोल्न पाएका थिए, तिनीहरूलाई गणतन्त्र श्री३ चन्द्र शमशेरकै पालामा आएको थियो। तिनीहरूको मुखबाट जे शब्द आउँछ, त्यही थियो संविधान। गरिबहरू जो थिए, तिनीहरूको सहारा गाउँमा धामी, झाँक्री, बोक्सी, भूत र पिचास थिए, अरू केही थिएनन् ।

हिजो लडेका माओवादीहरू अहिले कता छन् भनेर प्रश्न गर्नेहरू पनि छन् । कता हुनु, कोही नेपालमा छन्, कोही विदेशमा । गरिबका छोराछोरीहरू पनि बेलायत, क्यानडा, अस्ट्रेलिया पढ्न गएका छन् । हिजो जिल्ला सदरमुकाम आउन पनि ४ दिन लाग्थ्यो । मोटर बाटो थिएन । गाडी कराएको आवाज कस्तो हुन्छ थाहा नपाई तपाईं हाम्रा जिजुबाजेहरू मरेर गए । तर, आज गरिबका छोराछोरीहरूले पनि संसार देख्न पाएका छन्। गरिबका छोराछोरीहरूले संसार देखेको सहन नसकेर हिजो राहदानी त के नागरिकता समेत दिन नसक्ने रजौटाका झुण्डहरू भन्छन्, 'अब देश सक्किने भयो, बर्बाद भयो, नेपाल आमा रोयो ।' 

जनताको प्रतिव्यक्ति आयदर बढेको छ। गरिबीको रेखामुनि २० प्रतिशत मात्रै छन्। सबै नेपालभित्रै थुप्रिएर देश बन्ने पनि हैन । र, कोही विदेश जाँदैमा देश शून्य हुँदैन । माइग्रेसन भएर देश सक्किएको यो पृथ्वीमा कतै त्यस्तो उदाहरण छैन। नेपालमा मान्छेको कमी छैन, कामको कमी छ । कामको कमी पनि छैन । बजारको कमी छ । त्यही बजारको कमीलाई पूर्ति गर्न अब पढेलखेकाहरू पालैपालो विदेश जानुपर्छ र 'ग्लोबल मार्केट' खोज्नुपर्छ । मैले पनि अब युरोपमा नेपालको लोकल बंगुरको मासु ल्याएर बेच्ने योजना बनाउँदैछु । 

हिन्दी फिल्ममा नानापाटेकरसँग नाचेर जवानी फालेकाहरूलाई गणतन्त्र चाहिएको थिएन। नेपालमा यस्ता नारीहरू पनि थिए, जोसँग शरीरको स्तन ढाक्ने एकसरो कपडा समेत थिएन । र, तिनीहरूलाई चाहिएको थियो, गणतन्त्र । तिनीहरूलाई कुनै दरबारको रानी बन्नु थिएन। हिमानीजस्तो सुन्दर चेहराको देखिनु पनि थिएन । केबल तिनीहरूलाई लेख्नु थियो, समानताले भरिएको एक थान संविधान ।

तर, माओवादीहरूले जनयुद्ध लडेर के पाए भन्ने प्रश्न मुख्य हैन । आजीवन साहुको भारी बोक्ने भरियाहरूले के पाए, चार पुस्तासम्म आरनमा काम गरेका विश्वकर्माहरूले के पाए भन्ने प्रश्न महत्त्वपूर्ण हो । गरिबले हलो जोत्छ, धान काट्ने बेला धनी आउँछ । गरिबले घाँस काट्छ, दूध र घिउ धनीले खान्छ। गरिबले भीरबाट मह काडेर ल्याउँछ, धनीले खान्छ। गरिबले कुखुरा पाल्छ, धनीले खान्छ । यस्तो दृश्य ०५० को दशकमा नेपालको ९९ प्रतिशत भूभागमा थियो। अहिले निकै कम भएको छ । राजनीतिक, समाजिक चेतना ह्वात्तै बढेको छ। कतिपयले परिवर्तन विस्तारै हुन्थ्यो भन्छन्, त्यसो भए अहिलेका मान्छेहरू किन आत्तिएको त, सय वर्षपछि त पक्कै विकास होला क्यारे ?

२०५२ साल फागुन १ गते कमरेड प्रचण्डको नेतृत्वमा केवल जनयुद्ध मात्रै शुरू भएको थिएन, गरिब नेपाली जनताका हजारौं छोराछोरीले बलिदानीपूर्ण योगदानका निम्ति आफूलाई बलि चढाउन तयार भएको दिन थियो त्यो । मानसिक तनावलाई खेप्न नसकेपछि मानिसहरूले आत्महत्या गर्छन्। यो एउटा मनोविज्ञान हो । अन्याय र उत्पीडन सहन नसकेपछि मानिसहरू बलिदानीका लागि तयार हुन्छन् । त्यो पनि अर्को मनोविज्ञान हो । अभाव र उत्पीडनमा परेका ग्रामीण जनताको छोराछोरीहरूको मनोविज्ञानको जगमा खडा थियो ।

हिन्दी फिल्ममा नानापाटेकरसँग नाचेर जवानी फालेकाहरूलाई गणतन्त्र चाहिएको थिएन। नेपालमा यस्ता नारीहरू पनि थिए, जोसँग शरीरको स्तन ढाक्ने एकसरो कपडा समेत थिएन । र, तिनीहरूलाई चाहिएको थियो, गणतन्त्र । तिनीहरूलाई कुनै दरबारको रानी बन्नु थिएन। हिमानीजस्तो सुन्दर चेहराको देखिनु पनि थिएन । केबल तिनीहरूलाई लेख्नु थियो, समानताले भरिएको एक थान संविधान । तिनै न्यायप्रेमी नारीहरूको कठोर संघर्षका कारण आज तोषिमा डाक्टरनीहरूले स्वतन्त्रताको नाममा गाग्री हल्लाउन पाएका छन्। 

संविधानको दफा उपदफा, धारा उपधारामा उत्पीडित वर्ग समुदायको आँसु, पसिना र रगत मिसिएको छ । लेख्न, बोल्न र पढ्न नजान्ने निम्न वर्गीय ग्रामीण जनताहरूको संघर्षको जगमा लेखिएको हो, यो संविधान । यसकारण आफ्नो रजगज गुमाउनु पर्दाको पीडा थाम्न नसकेका केही थान नाफाका सुक्रकिटहरूलाई जनयुद्ध शब्दसँग घृणा छ। तिनीहरूले हातमा गणतान्त्रिक देशको संविधान समातेका छन् । तर, दिमागमा जंगबहादुर राणाको मुलुकी ऐन बोकेका छन् । विदेशी संघ, संस्थाहरूलाई नेपालको दरिद्रता बेचेर डलर डकार्न पल्किएका त्यस्ता अभिजात्य दासहरू सभासद् हुनु र खच्चड गोठाला हुनुमा कुनै फरक छैन।

समाजिक सभ्यताको विकास क्रममा विभिन्न घटना परिघटनाको जन्म हुन्छ । फागुन १, यस्तै एउटा घटना परिघटना जन्मिएको मिति हो। आधुनिक नेपालको राजनीतिक इतिहासमा प्रजा र रैतीको दर्जाबाट माथि उठेर मान्छे बन्नका लागि जनताको स्तरबाट गरिएको सबैभन्दा भयानक प्रतिरोध हो त्यो। भूकम्पमा मारिएका मानिसहरूको सम्झनामा भूकम्प दिवस मनाए जस्तै जनयुद्धमा मारिएका मानिसहरूको सम्झनामा जनयुद्ध दिवस मनाउँदा आकाश खस्दैन। अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा मारिएका लाखौं मानिसहरूको सम्झनामा अहिले पनि विभिन्न देशमा विभिन्न नामका दिवसहरू मनाउने गर्छन्।

यदि प्रेम गर्नेहरूको दिवस हुन्छ भने युद्ध गर्नेहरूको पनि दिवस हुन्छ। २०५२ सालदेखि शान्ति प्रकियासम्मको माओवादी युद्धको एक प्रत्यक्ष साक्षी हुनुको नाताले जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिन चाहन्छु । केही मानिसहरूले अदालतको आदेशको एउटा पर्ची डुलाइरहेका छन् । तर कुनै न्यायाधीश फैसला गरेर कानूनी मान्यता पाउनका लागि जनयुद्ध भएको थिएन। अदालतले के कस्तो आदेश दियो भन्ने कुराको कुनै सैद्धान्तिक तुक छैन। जनयुद्धको नेतृत्व गरेको मनुष्य कमरेड प्रचण्ड देशको प्रधानमन्त्रीको कुर्चीमा हुनु भनेको नै एक प्रकारले जनयुद्ध दिवस मनाउनु बराबर हो । भन्नेहरूले त आतंक दिवस पनि भन्न सक्छन्, कोइबात छैन, र भन्यो भन्दैमा सानो मन गर्नु पनि हुँदैन।

भन्नेहरूले त के-के भन्छन्, भन्छन्। मलाई 'विदेश बसेर ठूलो कुरा गर्ने ? हिम्मत छ भने नेपाल आइज भन्छन् । नेपाल गयो भने यसलाई देश निकाला गर्नुपर्छ, नेपाल बस्ने अधिकार छैन भन्छन्। कोही-कोहीले त यति चित्त दुख्नेगरी भन्छन् कि उसकै बुढी बिहे गरेर फरार भइदिऊँजस्तो । तर त्यसो गर्नु महापाप हो । आजभोलि किन लेख्न छाड्नु भयो भनेर धेरै चिन्ता जाहेर भएको देखेँ । तर, तिनीहरूलाई चिन्ता लागेको हैन, मर्‍यो कि ज्यूँदै छ भनेर बुझ्न खोजेको हो । 

हो मैले लेख्न त छाडेकै थिएँ । जब बलात्कारको आरोप लागेका मान्छेहरू महोत्सवमा छमछमी नाचेको देखें, मलाई लेख्न एकदमै डर लाग्यो । जुन समाजमा बलात्कारका आरोपितको न्यायका लागि लागि आन्दोलन हुन्छ, त्यो समाजमा मजस्तो बौद्धिक मान्छेको कुनै मान्यता छैन। भगवान् गौतम बुद्ध शुरूमा ज्ञानको खोजीमा जंगल गएकै हैन, घर समाजमा दिकदार लाग्ने मान्छेहरू देखेर वाक्क भई जंगल गएको हो। मलाई पनि दिक्क त लागेको छ, तर अब म जतिसुकै गालीगलौज सहनु परे पनि लेख्न छाड्दिनँ । बरु यो ज्यान जाला, तर नमक हरामहरूलाई छाड्नेवाला छैन ।

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x