२७ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

फागुन १, २०८०
काठमाडौं
माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी  क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले उक्त प्रोजेक्टर क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।​

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूको पढाइ र सिकाई क्षमता अभिवृद्धिका साथै गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाका लागि प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्स्टेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्