२८ जेठ २०८३, बिहीबार

स्वरूपराज आचार्यको 'थाहा छैन' सार्वजनिक [भिडियोसहित]

फागुन १, २०८०
काठमाडौं
स्वरूपराज आचार्यको 'थाहा छैन' सार्वजनिक [भिडियोसहित]

लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा नयाँ गीत 'थाहा छैन' सार्वजनिक भएको छ । ध्रुव खनालको शब्द रचना रहेको गीतमा निरज कुमारको संगीत छ । 

गीतलाई सोमवार गरमाथा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

केशव रावल, वामदेव रेग्मी, प्रतिका शर्मा, प्रमिला जैशी, पूर्वराज जैशी लगायतले फिचरिङ गरेको गीतको भिडियोलाई शंकर राजले निर्देशन गरेका छन् । गीतको भिडियोमा शंकर राजले नै कथा बनाएका छन् । 

सगरमाथा डिजिटलले यसअघि झरनाको चिसो पानी, हिउँचुलीमा घाम लगायतका कालजयी गीतहरू सार्वजनिक गरिसकेको छ ।

नयाँ गीत पनि विगतको गीत जस्तै दर्शक तथा श्रोताले रुचाउने कम्पनीको विश्वास छ ।

 

salt training

कमेन्ट गर्नुहोस्