
आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रेम दिवस) । विश्वभर नै मनाइने यो दिनलाई युवायुवतीले अझ विशेष दिनमा रुपमा लिन्छन् । बुधवार सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालमार्फत प्रेम दिवसको शुभकामना दिइरहेका छन् ।
यस्तैमा गायिका समीक्षा अधिकारीले मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिन नै प्रेम दिवस भएको बताएकी छन् ।
सामाजिक सञ्जालमा शुभकामना लेख्दै भनेकी छन् – ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’
गायिका समीक्षा पछिल्लो समय रेकर्डिङदेखि स्टेज कार्यक्रममा निकै व्यस्त छिन् ।
बुधवार उनले धनगढीमा प्रस्तुति दिँदैछिन् ।