१३ असार २०८३, शनिबार

शिरीष र सुनिताको स्वरमा ‘बैना हजुर’ सार्वजनिक

फागुन २, २०८०
काठमाडौं
शिरीष र सुनिताको स्वरमा ‘बैना हजुर’ सार्वजनिक

गायक शिरीष देवकोटा र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘बैना हजुर’ बोलको गीत सार्वजनिक भएको छ । 

बुधवार सरस्वती पूजा तथा प्रणय दिवसको अवसर पारेर यो प्रेमिल गीत युट्युबमा सार्वजनिक गरिएको हो । 

शिरीषकै शब्द एवं संगीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् । भिडियोमा दिक्पाल कार्की र अनु शाह फिचर्ड छन् । 

मौसम हिमालीले यसको कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ । गीतलाई विन्दवासिनी म्युजिकले प्रस्तुत गरेको हो । 

विन्ध्यवासिनीकै अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । 

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्