०७ असार २०८३, आइतबार

त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाः आज १४ जनाको अन्तर्वार्ता

फागुन ६, २०८०
काठमाडौं
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाः आज १४ जनाको अन्तर्वार्ता

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रक्रिया अन्तरगत आइतबार अन्तरवार्ता हुने भएको छ ।  सर्टलिस्टमा परेका १४ जनाको आइतबार अन्तर्वार्ता हुने भएको हो । 

कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सो तयारी गरेको हो। यसअघि फागुन २ गते १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण भइसकेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सबै जनाको अन्तर्वार्ता सकेर फागुन  तेस्रो साताभित्र उपकुलपति नियुक्ति हुने  जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्