२६ असार २०८३, शुक्रबार

दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु

फागुन ६, २०८०
काठमाडौं
दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु गरिएको छ । 

शनिवार पूर्वी रुकुमको लुगुममा शुभसाइत पूजासहित फिल्मको छायांकन सुरु गरिएको हो । पूर्वी रुकुमको लुगुम, तकसेरा, ढोरपाटन लगायतका स्थानमा फिल्म छायांकन हुने जनाइएको छ । 

यो फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरलगायतले अभिनय गर्दैछन् । 

फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्दैछन् । उनकै कथा रहेको फिल्मको पटकथा र संवाद लेखनमा भने अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् । 

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् भने रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । 

आउँदो असार २८ गतेबाट फिल्म प्रदर्शन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्