२० असार २०८३, शनिबार

निराधार समाचारप्रति सीबीफीनको ध्यानाकर्षण

फागुन ६, २०८०
काठमाडौं
निराधार समाचारप्रति सीबीफीनको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैंक तथा वित्तीय संस्थासँग जोडिएर आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।​​

सीबीफीन आइतवार एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुर्‍याउने सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘विभिन्न अफबाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण गर्ने कार्यहरूप्रति सीबीफीनको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरू सवलीकरण र पारदर्शीरुपमा सञ्चालनका लागि विभिन्न कानूनले बाँधिएको पनि सीबीफीनले जानकारी दिएको छ । 

‘सवल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरश  पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जग जाहेर नै छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ सीबीफीनको विज्ञप्ति

null

salt training

कमेन्ट गर्नुहोस्