०२ असार २०८३, मंगलबार

‘महाजात्रा’ टिजर : एक गाडी पैसा लुकाउँदा आइपर्ने समस्याको कथा

फागुन ९, २०८०
काठमाडौं
‘महाजात्रा’ टिजर : एक गाडी पैसा लुकाउँदा आइपर्ने समस्याको कथा

निर्माण घोषणादेखि नै चर्चामा रहेको नेपाली फिल्म ‘महाजात्रा’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । 

सार्वजनिक १ मिनेट १२ सेकेन्ड अवधिको टिजरमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई देखाइएको छ । अभिनेता राजाराम पौडेलको पात्रले तीन प्रमुख पात्रलाई एक गाडी पैसा १० दिनका लागि लुकाउन र त्यसबापत ३०–३० लाख रुपैयाँ दिने वचन दिन्छन् ।

उनको आग्रहअनुसार नै पैसा लुकाउँदा विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको पात्रले गर्नुपर्ने विभिन्न संघर्ष फिल्मको कथा रहेको टिजरबाट आँकलन गर्न सकिन्छ । 

प्रदीप भट्टराई लिखित एवं निर्देशित यो फिल्म ‘जात्रा’ तेस्रो शृङ्खलाका रुपमा निर्माण भएको हो । 

फिल्ममा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेलसहित वर्षा राउत, अरविन खड्कासँगै यसपटक वरिष्ठ अभिनेता हरिवंश आचार्य थपिएका छन् । प्रवीण खतिवडा, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अर्जुनजंग शाही, सुमन कार्की लगायतको समेत फिल्ममा अभिनय छ । 

फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा छ । 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । 

षट्कोण आर्टसको प्रस्तुति रहेको फिल्ममा रविन्द्र सिंह बानियाँ फिल्मको कार्यकारी निर्माताका रुपमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्