२४ जेठ २०८३, आइतबार
सीतापाइला घटना

३ जनाको हत्याअघि राजुले छोरालाई पठाएका थिए तरकारी किन्न

फागुन ९, २०८०
काठमाडौं
३ जनाको हत्याअघि राजुले छोरालाई पठाएका थिए तरकारी किन्न

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई ​काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने ५१ वर्षीय राजु घिमिरेले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेको खुलेको छ ।

बुधवार बिहान उनले सँगै बस्दै आएका १५ वर्षीय छोरा अनिश श्रेष्ठलाई तरकारी किन्न पठाएर उनीहरूको हत्या गरेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

'उनले आफ्नो छोरालाई यहाँ नजिकैको पसलबाट हैन, चोकमा पुगेर तरकारी लिएर आइज भनेर पठाएका रहेछन्', ती अधिकारीले लोकान्तरसँग भने ।

त्यसपछि उनले तीनै जनाको हत्या गरेर आफ्नो फोनमा भिडियो खिचेर अनिशलाई पठाएका प्रहरीले जनाएको छ ।

काठमाडौंको सीतापाइलामा बुधवार बिहान ३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।​

राजुको शव भने घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पारिवारिक झगडाका कारण उनले श्रीमती, छोरी र नातिनीको हत्या गरे आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्