
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य सहयोगमा बनेको आठ दलीय गठबन्धन सरकारप्रति स्वयं सत्ता गठबन्धकै संस्थापनइतर समूह सधैँ असन्तुिष्टमै अलमलिएको छ।
गत आम निर्वाचनअघि नै चुनावी गठबन्धन गर्न नहुने एजेन्डा बोकेको कांग्रेस संस्थापनइतर समूहसँगै पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को संस्थापनइतर समूहसमेत सरकारप्रति असन्तुष्ट बनेको छ।
कांग्रेसको एउटा समूह माओवादी वा अरू कसैसँग चुनावी तालमेल गर्न नहुने विचारमा अडिग छ। नेपाल समाचारपत्रमा खबर छ ।