२४ असार २०८३, बुधबार

त्रिविका प्राध्यापकसहित ९५ महिला कर्मचारीको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

फागुन १४, २०८०
काठमाडौं
त्रिविका प्राध्यापकसहित ९५ महिला कर्मचारीको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका महिला प्राध्यापक र कर्मचारी गरी ९५ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।​

त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ विश्वविद्यालय क्याम्पस इकाइको संयुक्त आयोजनामा आइतवार कीर्तिपुरमा महिला प्राध्यापक र कर्मचारीको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो । 

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डाक्टर ध्यानेन्द्रबहादुर राईले जिम्मेवारी र क्षमताका आधारमा समान भएपनि प्राकृतिक बनावटको कारण महिलाहरू बढी स्वास्थ्य जोखिममा रहने र पाठेघरको संक्रमणको सम्भावना हुने भएकोले समयमै परीक्षण गर्नु जरुरी रहेको बताए । ​

त्रिवि प्राध्यापक संघ कीर्तिपुर इकाइका सभापति डा. मनोजकुमार चौधरीले जननी तथा जन्मभूमिलाई माताको रुपमा पुज्ने हाम्रो संस्कारमा महिला साथीहरूको स्वास्थ्य विश्वविद्यालयमै जाँच्न पाएकोमा खुसी व्यक्त गरे ।​

null

त्रिवि कर्मचारी संघका सभापति अनन्त पौडेलले घर र कार्यालयको दोहोरो जिम्मेवारीमा रहने महिलालाई आफ्नो शरीरको सुरक्षा तथा सावधानीको लागि समय समयमा परीक्षण आवश्यक रहेको बताए ।

मेडिकल टिमको नेतृत्व गरेका नेपाल परिवार नियोजन संघको उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले अनिच्छुक गर्भधारण, अधिक गर्भधारण तथा कलिलै उमेरमा हुने गर्भधारणले गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्न सक्ने भन्दै सचेतना जरुरी रहेको बताए ।​

एचपीभी नामको भाइरसका कारण यस्तो संक्रमण हुने भएकोले ३० देखि ६० वर्षका महिलाले समय समयमा परीक्षण गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा विश्व विद्यालय क्याम्पस हेल्थ डेस्ककी इन्चार्ज डा. कल्पना ज्ञवालीले जटिल रोगको बारेमा समय समयमा परीक्षण जरुरी रहेको बताइन् । 

कार्यक्रममा त्रिवि प्राध्यापक संघका सदस्य डा. बालकृष्ण अधिकारी, कीर्तिपुर इकाइका उपसभापति डा. भगवान अर्याल, सचिव डा. रजनी काफ्ले लगायतले कार्यक्रमको औचित्यबारे बोलेका थिए । सहभागीहरूले कार्यस्थलमा हुने यस खालको परीक्षणले स्वास्थ्य चेतना अभिवृद्धि भएको धारणा राखे । 

null

salt training

कमेन्ट गर्नुहोस्