कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडाैं | फागुन १४, २०८०
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका महिला प्राध्यापक र कर्मचारी गरी ९५ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।
त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ विश्वविद्यालय क्याम्पस इकाइको संयुक्त आयोजनामा आइतवार कीर्तिपुरमा महिला प्राध्यापक र कर्मचारीको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डाक्टर ध्यानेन्द्रबहादुर राईले जिम्मेवारी र क्षमताका आधारमा समान भएपनि प्राकृतिक बनावटको कारण महिलाहरू बढी स्वास्थ्य जोखिममा रहने र पाठेघरको संक्रमणको सम्भावना हुने भएकोले समयमै परीक्षण गर्नु जरुरी रहेको बताए ।
त्रिवि प्राध्यापक संघ कीर्तिपुर इकाइका सभापति डा. मनोजकुमार चौधरीले जननी तथा जन्मभूमिलाई माताको रुपमा पुज्ने हाम्रो संस्कारमा महिला साथीहरूको स्वास्थ्य विश्वविद्यालयमै जाँच्न पाएकोमा खुसी व्यक्त गरे ।
त्रिवि कर्मचारी संघका सभापति अनन्त पौडेलले घर र कार्यालयको दोहोरो जिम्मेवारीमा रहने महिलालाई आफ्नो शरीरको सुरक्षा तथा सावधानीको लागि समय समयमा परीक्षण आवश्यक रहेको बताए ।
मेडिकल टिमको नेतृत्व गरेका नेपाल परिवार नियोजन संघको उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले अनिच्छुक गर्भधारण, अधिक गर्भधारण तथा कलिलै उमेरमा हुने गर्भधारणले गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्न सक्ने भन्दै सचेतना जरुरी रहेको बताए ।
एचपीभी नामको भाइरसका कारण यस्तो संक्रमण हुने भएकोले ३० देखि ६० वर्षका महिलाले समय समयमा परीक्षण गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा विश्व विद्यालय क्याम्पस हेल्थ डेस्ककी इन्चार्ज डा. कल्पना ज्ञवालीले जटिल रोगको बारेमा समय समयमा परीक्षण जरुरी रहेको बताइन् ।
कार्यक्रममा त्रिवि प्राध्यापक संघका सदस्य डा. बालकृष्ण अधिकारी, कीर्तिपुर इकाइका उपसभापति डा. भगवान अर्याल, सचिव डा. रजनी काफ्ले लगायतले कार्यक्रमको औचित्यबारे बोलेका थिए । सहभागीहरूले कार्यस्थलमा हुने यस खालको परीक्षणले स्वास्थ्य चेतना अभिवृद्धि भएको धारणा राखे ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...