११ साउन २०८३, सोमबार

१२ सय शय्याको अस्पताल निर्माणप्रति एमाले उपाध्यक्ष पौडेलको चासो, समयमै काम थाल्न सुझाव

फागुन १४, २०८०
बुटवल
१२ सय शय्याको अस्पताल निर्माणप्रति एमाले उपाध्यक्ष पौडेलको चासो, समयमै काम थाल्न सुझाव

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

सोमवार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिँदै पौडेलले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराए । 

‘यो वा त्यो बहानामा आयोजना निर्माणमा ढिलाई गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलिन्टियर खटिन तयार छौं’, उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा १ हजार २ सय शय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अन्तर्गत १० तले भवन बन्नेछ ।

यस क्षेत्रका उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेश सभाका सदस्यलगायत पार्टीका नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम शुरू गर्न पनि आग्रह गरे ।

null

‘५ वर्षे अवधिको लागि क्यालेन्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिक स्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस्’ पौडेलले भने ।

चलखेलविना नै काम सम्पन्न होस् भन्ने नागरिकको चाहना रहेको उनले बताए।

‘प्रदेश सरकारले पनि यो आयोजना त्यत्तिकै अगाडि बढाएको होइन, यसका लागि ठूलो पापड बेलिएको छ, यसमा कहीं कतै पनि चलखेल नगरी काम सम्पन्न होस् भन्ने यहाँका नागरिकको चाहना छ’ उनले भने ।

आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको पनि बताए ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो ।

निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण शुरू भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्