
भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ ।
सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले लोकान्तरलाई जानकारी दिए ।
आचार्य लामो समयदेखि दीर्घरोघी थिए ।
उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलवार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने सापकोटाले बताए ।
आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत लोकप्रिय छन् ।