![भजन शिरोमणिलाई अन्तिम श्रद्धाञ्जलि [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/bhaktraj_acharya_6_TpHnGor2yn.jpg)
भजन शिरोमणी स्व भक्तराज आचार्यको प्रार्थिव शरीरमा नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा मंगलवार अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत संगीत क्षेत्रका विभिन्न व्यक्तिहरू प्रतिष्ठान पुगेका छन् ।

स्व आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ९ बजेदेखि प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।

उनको मंगलवार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

भजन शिरोमणि आचार्यको सोमवार निधन भएको हो ।

सोमवार अपरान्ह मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको थियो ।

आचार्य लामो समयदेखि दीर्घरोघी थिए ।

आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत लोकप्रिय छन् ।