२६ असार २०८३, शुक्रबार

सामान्य अङ्कले घट्यो नेप्से, २ अर्ब ३ करोडको कारोबार

फागुन १६, २०८०
काठमाडौं
सामान्य अङ्कले घट्यो नेप्से, २ अर्ब ३ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।

३ सय ८ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा २ अर्ब ३ करोड ८१ लाख नौ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ । 

सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै गुमाउनेमा भने सामलीङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्