१५ असार २०८३, सोमबार

सडकमाथिबाट खसेको ढुङ्गाले लागेर १ जनाको मृत्यु

फागुन १९, २०८०
मुगु
सडकमाथिबाट खसेको ढुङ्गाले लागेर १ जनाको मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर आज मृत्यु भएको छ ।

मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत्मा काम गर्न घरबाट हिँडेका सोही  गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु  भएको हो ।

विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि  वडा नं ५ र ६ का स्थानीयको आज काम गर्ने पालो थियो ।

सोही कामका लागि मृतक लामासहित अन्य चारजना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लागेर घाइते बनाएको थियो ।

घाइते  भएका लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्धार गरी पुलु स्वास्थ चौकी पुर्‍याएका थिए ।

तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि  जिल्ला  अस्पताल  गमगढी लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी  दिए ।

salt training

कमेन्ट गर्नुहोस्