०८ असार २०८३, सोमबार

‘महाजात्रा’को ट्रेलरले कस्तो पाउँदैछ प्रतिक्रिया ?

फागुन २२, २०८०
काठमाडौं
‘महाजात्रा’को ट्रेलरले कस्तो पाउँदैछ प्रतिक्रिया ?

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

‘जात्रा’को तेस्रो श्रृंखलाका रुपमा निर्माण भएको फिल्मको आइतवार ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरलाई मंगलवार दिउँसोसम्म ३ लाख ४० हजारले हेरिसकेका छन् । युट्युबमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।

फिल्मको  ट्रेलरमा तीन शीर्ष पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलर कमेडीले भरिएको छ । यसमा अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा प्रस्तुत छन् । उनी नेताको भूमिकामा छन् । 

बेरोजगारी र कालो धनको कथालाई फिल्ममा रमाइलो तरिकाले पेस गरिएको छ । अपराधको पैसाले पिरोल्छ भन्ने सन्देश फिल्मले दिन खोजेको पनि ट्रेलरबाट आँकलन गर्न सकिन्छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।

‘महाजात्रा’मा हरिवंश, विपिन, रविन्द्र झा र रविन्द्र सिंह बानियाँसहित वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला, सुमन कार्की लगायतको अभिनय छ । आगामी चैत ९ गतेदेखि फिल्म प्रदर्शन हुँदैछ । 

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्मको टिम यतिबेला प्रचारप्रसारका लागि मोफसल यात्रामा निस्किएको छ ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘महाजात्रा’ले राम्रो व्यापार गर्ने विश्लेषण फिल्म वृत्तमा भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्