२८ जेठ २०८३, बिहीबार

एलिनाले माफी मागेपछि अन्य गायक–गायिकाको प्रश्न : घटनाको कारक उनी मात्रै हुन् ?

एलिनाको पक्षमा बोल्न थाले संगीतकर्मी, कसले के भने ?
फागुन २७, २०८०
काठमाडौं
एलिनाले माफी मागेपछि अन्य गायक–गायिकाको प्रश्न : घटनाको कारक उनी मात्रै हुन् ?

गत आइतवार गायिका एलिना चौहान र साउण्ड सिस्टम कर्मचारीबीच भएको विवादपछि उत्पन्न परिस्थिति सांगीतिक क्षेत्रमा चर्चाको विषय बनिरहेको छ । पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो । 

प्रस्तुति दिने क्रममा साउण्ड सिस्टम खराब भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर, टेक्निसियनले एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भनेका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । त्यसपछि एलिना आफ्नो प्रस्तुति नसकिकन बाहिरिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 

उक्त घटनाको केही दिनपछि साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एलिनाले माफी मागिसकेकी छन् । यद्यपि, एलिनाले माफी मागेपछि यस विषयलाई लिएर गायक–गायिका उनको पक्षमा बोल्न थालेका छन् । 

लोकगायक बद्री पंगेनीले घटनाको कारण गायिका एलिना मात्रै हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पंगेनीले कुनै पनि घटनाको कारक दुबै पक्ष हुने उल्लेख गरेका छन् । व्यवसायमा निषेधको संस्कृति गलत भएको उनको धारणा छ । 

संगीतकार दीपक शर्माले प्रश्न गरेका छन् – हाम्रो गायक–गायिकाका विषयमा बोलिदिने कोही छैनन् ? 

‘दुर्गेशले जुत्ता खायो ! त्यो भोलि दुर्गेशले मात्र खान्छ ? आज एलिनालाई घुँडा टेकाइयो ! त्यो भोलि एलिनाले मात्रै घुँडा टेक्छे ? हाम्रा गायक–गायिकाका निमित्त खोलिएका संस्थाहरू यस्तै चुप हुन ? यदि गायक–गायिकाको गल्ती छ भने सम्झाउने र उनीहरुलाई अप्ठ्यारो पर्दा काँध दिन सक्ने कुनै संस्था छन् भने कृपया काँध थाप्नुस् । नत्र अब कार्यक्रममा हिँड्ने गायक गायिका अझै  हेपिँदै जानेछन्’ – शर्माले लेखेका छन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कसैलाई नाजायज वहिस्कार गर्न, अपमान गर्न संगठित नहुन अनुरोध गरेकी छन् । उनले सन्दर्भ इंकित नगरी लेखेकी छन् – ‘हामी सबै पेशाकर्मीको सम्मान गर्छौ, यसको अर्थ हजुरको अपमान सहिरहन्छौं कदापि होइन । कसैलाई नाजायज वहिस्कार गर्न, अपमान गर्न सङ्गठित नहुनुस ! संगठित हामी पनि छौं है, त्यो बुझाइरहन नपर्ला ।’ 

गायक नरेश खातीले माफी एलिनाले नभइ साउण्ड टेक्निसियनले माग्नुपर्ने बताएका छन् । 

गायक रमेशराज भट्टराईले भनाभन दुवैबाट भएको बताउँदै आत्मालोचना पनि दुबै पक्षबाट हुनुपर्ने धारणा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्