०१ असार २०८३, सोमबार

ओस्कार अवार्ड: किलियन मर्फी बने सर्वोत्कृष्ट अभिनेता, ओपेनहाइमर सर्वोत्कृष्ट फिल्म

फागुन २८, २०८०
काठमाडौं
ओस्कार अवार्ड: किलियन मर्फी बने सर्वोत्कृष्ट अभिनेता, ओपेनहाइमर सर्वोत्कृष्ट फिल्म

ओपेनहाइमरका लागि किलियन मर्फी सर्वोत्कृष्ट अभिनेता छनोट भएका छन् । आज बिहान भएको ९६ औं ओस्कारमा रोबर्ट डाउनी जूनियरले सोही फिल्मका लागि उत्कृष्ट सह–अभिनेताको ओस्कार पाएका छन् । यो उनको करियरको पहिलो ओस्कार हो ।

ओपेनहाइमरको निर्देशनका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । ओपेनहाइमरले उत्कृष्ट फिल्म सम्पादन विधामा पनि अवार्ड जितेका छन् । 

ओपेनहाइमर सर्वोत्कृष्ट चलचित्र बनेको छ । 

दा भिन जोय रान्डोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।

बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ यसवर्षको ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा सर्वोत्कृष्ट भएको छ ।

‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ । अमेरिकन फिक्शनले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कर अवार्ड पाएको छ ।​

पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्