२३ असार २०८३, मंगलबार

हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा

फागुन २९, २०८०
काठमाडौं
हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक रहेका शाखाहरूलाई स्थानान्तरण गरी सेवा शुभारम्भ गरेको छ ।

बैंकले यही फागुन २७ गते आइतवार काठमाडौंको गोङ्गबुमा रहेको शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ बाट बैङ्किङ सेवा शुरू गरेको छ ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा स्थानान्तरणपछि उक्त शाखाको उद्घाटन गरेका थिए ।

null

यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नम्बर १७ नवलपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार गोछडाबाट पनि फागुन २७ गतेदेखि नै सेवा सुचारु गरिएको छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना  ग्राहकहरूलाई विभिन्न बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्