२७ असार २०८३, शनिबार

इमाडोल, पोखरा र वीरेन्द्रनगरमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

चैत २, २०८०
काठमाडौं
इमाडोल, पोखरा र वीरेन्द्रनगरमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका स्कूल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमहरूमा स्कूल र कलेजका विद्यार्थीहरू तथा शिक्षक, शिक्षकहरूको सहभागिता रहेको बैंकले जनाएको छ । 

त्यसै गरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकको परिसर र सुर्खेतको विरेन्दनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

null

उक्त कार्यक्रमहरूमा बैंकिङ्ग सेवा सुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खाता लगायत बैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो ।

यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि : ९८०१११००२२, कर्जा सेवाको लागि : ९८०१११००२३)आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्