२६ जेठ २०८३, मंगलबार

वसन्तपुरमा चीर ठड्याएसँगै होली प्रारम्भ

चैत ४, २०८०
काठमाडौं
वसन्तपुरमा चीर ठड्याएसँगै होली प्रारम्भ

काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै रङ्गहरूको पर्व मानिने फागु पूर्णिमा (होली) आजदेखि प्रारम्भ भएको छ । 

आज बिहान वसन्तपुरमा तीनतले (छत्रे) चीर ठड्याइएपछि औपचारिक रुपमा देशभर होली पर्व प्रारम्भ हो । 

उक्त चीर बिहान ७ः४७ बजेको शुभ साइतमा ठड्याइएको थियो । सो हेर्न वसन्तपुरमा विदेशी पर्यटकसमेत जम्मा भएका थिए ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ ।  

नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याइ दहन गरेपछि होली पर्व समाप्त हुन्छ । 

यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी र १२ गते तराई–मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्