माघ २५, २०८०
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
बुटवल | चैत १८, २०८०
रुपन्देहीको राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिले ल्याएको ‘उमेरहद र सेवा अवधि’सम्बन्धी नियमावली विवादित बनेको छ । सरोकारवाला प्राध्यापक, कर्मचारी र विद्यार्थीसँग कुनै सल्लाह, सुझाव र परामर्शविना एकलौटी ढंगले नियमावली ल्याएकाले कार्यान्वयनमा नआउँदै विवादमा परेको हो ।
क्याम्पस सञ्चालक समितिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको २५ वर्षे सेवा अवधि राखेपछि प्राध्यापक र कर्मचारीले चर्को विरोध जनाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, पूर्वअध्यक्ष तथा संरक्षक रोमणीप्रसाद पाठक र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बदनियतका साथ यो नियमावली जारी गराएको प्राध्यापक र कर्मचारीहरुको आरोप छ । सामाजिक न्याय र प्रचलित श्रम कानूनविपरीत ल्याइएको यो कार्यविधि खारेज नगरेमा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी प्राध्यापक तथा कर्मचारीहरूले दिएका छन् ।
पूर्वक्याम्पस प्रमुख तथा सहप्राध्यापक खगराज शर्माले क्याम्पस सञ्चालक समितिले गरेको निर्णय गैरकानूनी, अदुरदर्शी हुनुका साथै क्याम्पस प्रमुखको असक्षमताको उपज भएको टिप्पणी गरे । शर्माले शिक्षकहरूलाई गुमराहमा राखेर ल्याएको २५ वर्षे सेवा अवधिले प्राध्यापन पेशामा जीवन बिताएकाहरूलाई गलत्याउने भएकोले त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । जीवनको ऊर्जाशील समय क्याम्पसमा बिताउँदै गर्दा श्रमयोग्य समय बाँकी रहेकै अवस्थामा बीचमै कुनै पनि प्राध्यापक र कर्मचारीलाई गलत्याउने कार्य सामाजिक न्यायविपरीत हुने उनको भनाइ छ ।
‘क्याम्पसको आर्थिक अवस्था केही संकुचित भएको भए तलब घटाउने, उपदान, सञ्चयकोषका बारेमा सोच्न सकिएता पनि सेवा अवधि राखेर हटाउने कार्य अपराध हो, यो स्वीकार्य छैन,’ शर्माले भने ।
क्याम्पसले ल्याएकोको कार्यविधि अनुभवी, दक्ष, सक्षम प्राध्यापक र कर्मचारीलाई पाखा लगाएर नयाँलाई भित्र्याउने मनसायबाट अभिप्रेरित रहेको कतिपयको बुझाइ छ । यही कुरालाई बुझेका विद्यार्थी संगठनहरूले समेत क्याम्पस सञ्चालक समितिले ल्याएको कार्यविधिको विरोध गरेका छन् । प्राध्यापक र कर्मचारीसँग कुनै छलफल नगरिएकोले कार्यविधि बदनियतका साथ ल्याइएको हुने उनीहरूको आरोप छ ।
कार्यविधिअनुसार तीन प्राध्यापक र दुई कर्मचारीलाई हुलाकमार्फत घरमा अवकाश पत्र पठाइएबाट पनि सञ्चालक समितिको बदनियत स्पष्ट हुन्छ । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले नियमावलीको नबुझेर विरोध भएको दाबी गरे । ‘हामीले सुविधासहित बिदा गर्ने गरी २५ वर्षे सेवा अवधिको प्रावधान ल्याएका हौँ,’ अध्यक्ष धितालले भने, ‘धेरै प्राध्यापक र कर्मचारीले यसलाई स्वागत गर्नुभएको छ । केहीले नबुझेर विरोध गर्नुभएको हो । यसबाट कोही तर्सिनुपर्ने छैन । सबैलाई लागू भएको हो ।’
क्याम्पसका उपप्रध्यापक मुक्तिनाथ गैरेले सञ्चालक समितिले ल्याएको कार्यविधिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको करियरमा ठेस पुर्याउने देखिएको बताए । यसलाई प्राध्यापकहरूले धोकाको रुपमा लिएको उनको भनाइ छ । क्याम्पस प्रमुख तथा सञ्चालक समितिको पदेन सदस्य ताराप्रसाद पराजुलीले सञ्चालक समितिले गरेको निर्णयबारे आफूले बोल्न नमिल्ने बताए । ‘अहिलेको परिस्थिति विद्यार्थी अभावले जन्मिएको हो,’ पराजुलीले भने, ‘यो नियमावलीले म पनि चार वर्षअघि नै निस्कनुपर्ने भएको छ । कोही व्यक्ति विशेषलाई हेरेर यो भएको होइन ।’
राममणि २०४५ सालमा स्थापित सामुदायिक क्याम्पस हो । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुन्छ । २०७५ मा विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरेको छ । पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति राजेन्द्र थापाले विज्ञप्ति जारी गर्दै आयातित शैलीमा एकाएक नियमावली ल्याएर अवकास दिने निर्णय गरिनु खेदजनक भएको बताएका छन् । दुई हजार ६०० विद्यार्थी अध्ययन गर्ने क्याम्पस जिल्लामा सम्भावना बोकेको क्याम्पसमा पर्छ ।
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...