बैशाख १३, २०८१
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
विराटनगर | चैत १९, २०८०
माध्यामिक शिक्षा परीक्षा (एसईई)मा मर्यादाविपरीत गतिविधि गरेको भन्दै विराटनगरमा परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारबाहीमा परेका छन् । विराटनगरका विभिन्न तीन वटा परीक्षा केन्द्रमा खटिएका उनीहरूमाथि कारबाही भएको हो ।
अनुगमनका क्रममा मर्यादाविपरीत परीक्षा सञ्चालन गरेको पाइएपछि विराटनगर ६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारलाई केन्द्राअध्यक्षको जिम्मेवारीबाट बर्खास्त गरिएको छ । रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारीमा ल्याइएको छ ।
अन्य पाँच जना निरीक्षकहरू पनि कारबाहीमा परेको शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमलले जानकारी दिए । यसैगरी विराटनगर–११ जनपथ माध्यामिक विद्यालयमा खटिएका दुई जना निरीक्षकलाई कारबाही गरिएको उनले बताए । जनपथका विजय महतो र योगेन्द्र यादव कारबाहीमा परेका हुन् । उनीहरूको ठाउँमा ज्ञान निकुन्ज स्कुलका राजु चौधरी र जनचेतना आधारभूत विद्यालयका विनारानी दाहाललाई निरीक्षक राखिएको छ ।
तोकिएको मापदण्ड पालना गरेको नपाइएपछि केन्द्राध्यक्ष र निरीक्षकहरूमाथि कारबाही गरिएको उनले बताए । एसईई परीक्षा सञ्चालन हुने सामुदायिक विद्यालय भएको खण्डमा सोही विद्यालयमा अध्यापनरत आधारभूत तहका शिक्षकलाई निरीक्षक राख्नु पर्ने व्यवस्था छ । तर, जनपथ स्कुलमा जारी परीक्षामा निजी विद्यालयमा अध्यापन गराउने दुई जना निरीक्षक फेला परेका थिए । उनीहरू दुवैजना माध्यामिक तहमा अध्यापन गराउने शिक्षक भएको पाइएपछि कारबाही गरिएको हो ।
जनपथ स्कुलको परीक्षा केन्द्रमा चार वटा विद्यालयका ३६६ जनाले परीक्षा दिँदैछन् । उक्त केन्द्रमा बाल कल्याण विद्या मन्दिर(बिकेभिएम), जेसी बाल सदन, शिक्षा सदन र लक्ष्मीनारयण वेद विद्या आश्रमका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।
सबैभन्दा बढी बिकेभिएमका २६२ जना विद्यार्थी छन् । लक्ष्मीनारायणका २६, शिक्षा सदनका २२, जेसी बाल सदनका ५० जना विद्यार्थी परीक्षामा भाग लिइरहेका छन् ।
ग्रेड वृद्धिमा ६ जनाले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रमा दुई जना सहायक परीक्षा केन्द्राध्यक्ष र १४ जना निरीक्षक रहेका छन् । २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक राख्न पाइने मापदण्ड रहेको छ ।
कारबाहीमा परेका शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारले आफूमाथि अन्याय भएको बताएका छन् । निष्पक्ष र भयरहित वावतरणमा परीक्षा संचालन गर्दा आफूलाई जिम्मवारीबाट हटाएको उनको गुनासो रहेको छ । तीन वटा परीक्षा सम्पन्न गराएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले परीक्षा अवधिभर बिदा बस्नु भनेर निर्देशन दिएपछि आफू बिदामा बसेको उनले सुनाए ।
शिक्षा सदनको परीक्षा केन्द्रमा १० वटा विद्यालयका १७२ जना विद्यार्थी रहेका छन् । उक्त परीक्षा केन्द्रमा मेरीगोल्ड, जानकी, मनितारा, देवकोटा, सहभागिया, ग्रिन टी, होलील्याण्ड, गोदावरी, ग्रिन नर्थ पोइन्टका विद्यार्थीले परीक्षा दिँदैछन् ।
सो परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष एक जना, निरीक्षक नौं जना रहेका छन् । कारबाहीपछि सात जनाले परीक्षा सञ्चालन गरिरहेका छन् । उक्त केन्द्रबाट केन्द्राध्यक्ष र एक जना निरीक्षक हटाएका हुन् ।
केन्द्राध्यक्ष रौनियारले पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपालीको परीक्षा सञ्चालन गरेका थिए । आइतबार तेस्रो दिन गणितको परीक्षामा गडबडी भएको पाइएपछि उनी जिम्मेवारीबाट हटाइएको जनाइएको छ । राजनितिक कारणले आफुलाई हटाइएको उनले आरोप लगाएका छन् ।
मोरङमा ७० वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ । विराटनगरका ठूला निजी विद्यालयहरूले चलखेल गर्ने गरेको खुलेको सुरक्षा निकायका अधिकृतहरू बताउँछन् ।
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...