निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा शिल्पा पोखरेल र अनुपजंग थापा 'विचित्र'को अभिनय रहेको निकै सुन्दर म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संगीतकार लक्ष्मण पोखरेलको संगीत तथा गायक स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको गीत नारायण रेग्मीले लेखेका हुन् ।
चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेका छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ, किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग रहेको छ ।
मुकेश हुमागाईंको छायाङ्कन, राहुल बराइली कोरियोग्राफर, विनोद वमको सम्पादन र कलर तथा सरगम गाहाको मेकअप रहेको छ ।
लामो समयदेखि जर्मनी बसेर नेपाली गीत/संगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशालाग्दो अनुहार हुन् ।
मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेशनमार्फत उनले नेपाली गीत/संगीतका साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरू गरिरहेका छन् ।
गीतबाट आएको आम्दानीलाई उनले उक्त फाउन्डेसनमार्फत सामाजिक कार्यमा लगाउँदै आएका छन् ।
दिल रोएको बेला गीतबाट आएको आम्दानीलाई पनि अनुपजंगले सामाजिक कार्यमा लगाउने बताएका छन् ।
लामो समयपछि एउटा मीठो गीत दर्शक श्रोता माझ ल्याउन पाएकोमा गायक स्वरूपराज आचार्य , गायिका अञ्जु पन्त, संगीतकार लक्ष्मण पोखरेल र गीतकार नारायण रेग्मी खुशी देखिएका छन् ।
साउथ इन्डियन लुक्स भएका अनुपसँग काम गर्ने पाउँदा खुशी लागेको निर्देशक कृष्णदेव रुपाखेतीले बताए ।
नायिका शिल्पा पोखरेलले पनि निकै मीठो गीतमा काम गर्न पाउँदा खुशी व्यक्त गरिन् ।
लामो समयको अन्तरालपछि नेपाली संगीत उद्योगले एउटा निकै नै मीठो गीत पाएकोमा गायक स्वरूपराज र गायिका अञ्जु पन्त पनि दंग देखिन्छन् ।
गीतलाई दर्शक स्रोतले मन पराउनेमा विश्वस्त रहेको संगीतकार पोखरेलले बताए ।
भिडियो :