
सभामुखले बोल्नका लागि समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् ।
सभामुखले बुधबारको बैठकमा विपक्षी बेञ्चका सांसदहरूलाई बोल्न समय दिने क्रममा आफूहरूलाई छुटाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले आफूहरूलाई विभेद गरिएको भन्दै आपत्ति जनाए ।
उनीहरूले आपत्ति जनाइरहँदा सभामुख डोलप्रसाद अर्यालले भने बोल्नका लागि समय नै नमागिएको बताए ।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेको दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले रोस्ट्रमबाटै सम्बोधन गरेका थिए ।