×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा नयाँ सरकारको कसरत

पुरानो धाराअन्तर्गत नयाँ सरकार गठनको आह्वानः रोचक प्रतिस्पर्धा हुने निश्चित, नाउपा निर्णायक

धनगढी | चैत २३, २०८०

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

Muktinath Bank

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीवार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुखले मियाँले शुक्रवार नयाँ सरकार गठनका लागि वैशाख २ गतेसम्ममा दाबी पेश गर्न आह्वान गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा हस्ताक्षर गरिएको पत्रमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न भनिएको छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलका हैसियतले मुख्यमन्त्री भएका शाहले राजीनामा दिएसँगै १६८ (५) अन्तर्गत सरकार गठनको प्रक्रिया शुरू हुनुपर्नेमा प्रदेश प्रमुखले पुरानै धाराको कानून रोजेको प्रदेश सरकारका महान्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले बताए । ‘धारा ५ अन्तर्गत नै सरकार गठन हुनुपर्ने हो । मैले सुझाव पनि दिएको हो । तर प्रदेश प्रमुखज्यूले मान्नु भएन । अब सरकार र संसद् पुरानै अवस्थामा फर्किएको अवस्था सिर्जना भयो,’ उनले भने ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गाना भने सम्भावित खतरा टार्नका लागि कानून व्यवसायीसँगको छलफलपछि सरकार गठन प्रक्रिया शुरू गरिएको बताउँछन् । ‘कानून व्यवसायीसँग छलफल गरेरै निर्णय गरिएको हो । संविधानको उपधारा ५ अन्तर्गत जाँदा सरकार गठन हुन नसकेको अवस्थामा प्रदेश सभा विघटनको खतरा थियो ।

उपधारा ३ अन्तर्गत गठन भएको सरकारले १४ महिना पछि राजीनामा दिएकाले पूर्ववत् अवस्थामा फर्किन सकिने कानून व्यवसायीहरूको सुझावपछि निर्णय गरिएको हो,’ उनी भन्छन् ।

नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सबै संसदीय दल र कानून व्यवसायीसँगको छलफलपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको बताए । ‘यो सकारात्मक कदम हो । प्रदेशसभा विघटनको खतरा टरेको छ । मध्यावधि चुनावमा जाँदा अनावश्यक खर्च पनि बढ्ने थियो । प्रदेश प्रमुखको निर्णय स्वागतयोग्य छ,’ उनले भने ।

अबको परिदृश्य:

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा १८ सदस्यसहित नेपाली कांग्रेस पहिलो दल हो । ११ सदस्यसहित नेकपा (माओवादी केन्द्र) दोस्रो दल हो । माओवादीबाटै भीम भण्डारी प्रदेशसभाका सभामुख छन् । १० सदस्य रहेको एमाले उपसभामुखसहित तेस्रो स्थानमा छ  । यस्तै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७ ,नेकपा (एकीकृत समाजवादी)का ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र प्रदेशसभा सदस्य १–१ जना छन् । 

२०७९ को निर्वाचनपछि उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्दा माओवादी, एकीकृत समाजवादी र नाउपाले समर्थन दिएका थिए । तर विश्वासको मत लिने बेला भने नाउपा प्रदेश सभामै नआएपछि रावल नेतृत्वको सरकार ढलेको थियो । 

त्यसपछि उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री चयन भएका थिए । एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएको नाउपाले शाह सरकारलाई भने मत दिएको थियो । 

त्यसको झण्डै १४ महिनापछि केन्द्रमा फेरिएको समीकरणअनुसार नाउपा दुई धारमा विभाजित भएपछि शाह नेतृत्वको सरकार पनि ढलेको हो । प्रदेश प्रमुख मियाँले उपधारा २ अनुसार नै सरकार गठन गर्न आह्वान गरेपछि दलहरूका बीचमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नाउपा दुई धारमा रहँदा नयाँ गठबन्धन सँग पनि स्पष्ट बहुमत छैन । ७ सिट रहेको नाउपा नै सरकार गठनको निर्णायक भूमिकामा छ ।

नयाँ गठबन्धनमा पनि कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने टुङ्गो लागिसकेको छैन । नाउपा र एकीकृत समाजवादीमध्ये कुनलाई नेतृत्व दिने भन्ने टुङ्गो नलागेको हो । दुवै दलले मुख्यमन्त्रीमा दाबी गरेका छन् । नाउपालाई मुख्यमन्त्री नदिएको खण्डमा गठबन्धनबाट सरकार गठन हुन समस्या देखिने अवस्था छ । नयाँ गठबन्धनबाट सरकार गठन हुन नसकेको अवस्थामा प्रदेशसभाको ठूलो दलका हैसियतले कांग्रेसकै पोल्टोमा प्रदेश सरकारको चाबी पर्ने निश्चित छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x