०६ साउन २०८३, बुधबार

छोरी सुहानाको ‘डेब्यू’ सुखद बनाउन चाहन्छन् शाहरुख, २०० करोड खर्च गर्दै

बैशाख ४, २०८१
काठमाडौं
छोरी सुहानाको ‘डेब्यू’ सुखद बनाउन चाहन्छन् शाहरुख, २०० करोड खर्च गर्दै

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान ठूलो पर्दाका चलचित्र (फिल्म)मा ‘डेब्यू’ गर्ने तयारीमा छिन् । फिल्मलाई शाहरुख आफैँले लगानी गर्दैछन् । आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत उनी फिल्म बनाउँदैछन् ।

हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुई सय करोड भारतीय रुपैयाँ लगानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छोरीको पहिलो फिल्म सफल बनाउन शाहरुख लागिपरेका छन् । उनको टीम एक वर्षयता गृहकार्य गरिरहेको छ । फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द पनि केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् ।

सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरू अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरू भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् ।

शाहरुख भने यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । 

फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा शुरू हुँदैछ । 


 

salt training

कमेन्ट गर्नुहोस्