×

NIC ASIA

आम निरासाबारे गुरूराज घिमिरेको आलेख

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

काठमाडाैं | बैशाख ६, २०८१

Prabhu Bank
NTC
Premier Steels

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी ।

Muktinath Bank

माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक गरियो  । किनभने बितेको वर्षले नेपाली समाजलाई ठूलो तनाव र अशान्ति दियो । तर, नयाँ वर्ष २०८१ को स्वागत भने उल्लासमय बन्न सकेन । यो जनताको मनोविज्ञानमा आएको ठूलो परिवर्तन हो  । सायद एकथरि जनतालाई लाग्यो होला, कति स्वागत गर्नु, केही हुने होइन ! नयाँ सालको शुभकामनाका दुई शब्दबाहेक वर्षौंदेखि राज्यको उपेक्षा झेलिरहेका जनताको मनमा हौसला र उत्साह पैदा होस् पनि कसरी ? कुन आशाले रमाउने ? कोबाट आश गर्ने ? मातृभूमिले पूर्ण उपेक्षा गरेपछि मुग्लान भासिएका सन्तानको पसिनाले जीवन गुजार्नु परेको छ । आफ्ना प्राणभन्दा प्यारा सन्तानले अरबको प्रचण्ड धूपमा ज्यान हत्केलामा राखेर श्रम बगाएका बगायैं छन् । त्यस्तै कलिलो उमेरमा आफ्नो परिवार र देश छोडेर विदेशिएका सन्तानको पीडा अर्कै छ । छातिमा तस्बिर टाँसेर, देवी देउराली भाकेर दिन बिताउनु परेको छ र तत्काल यसको विकल्प पनि देखिँदैन । अनि कसरी चलोस् जाँगर नयाँ वर्ष मनाउन ? हो, अधिकांश नेपालीले यसपटक नयाँ वर्षलाई स्वागत गर्न अल्छी मानेको देखियो । राजधानी मात्र सम्पूर्ण देश होइन । सीमित जनसंख्याबाहेक यसपटक अधिकांश नेपालीलाई नयाँ वर्षका दिन पनि उदासी र चिन्ताले छाडेन । नेपालको भविष्यका लागि यो शुभसंकेत होइन । त्यसैले फगत औपचारिकताको शुभकामना साटासाटबाहेक नयाँ वर्षको रौनक कतै पनि देखिँदैन । अब यसको गुह्य कारण खोज्न राज्यका जिम्मेवार अधिकारीहरूमा कुनैं कर्तव्यबोध र उत्साह देखिँदैन किन ? के गान्धीले भनेजस्तो सिमान्तको गरीब नेपालीले यसको अनुभूति गर्ने पाएको छ त ? यसका केही दुःखद् आयामहरूबारे संक्षेपमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
हामीले जनताको जीवनमा सुख ल्याउने कथा हालेको धेरै भयो । अहिले पनि दोहोर्‍याएको दोहोर्‍याइ छौं । तर, तदनुरूप काम गर्दैनौं । हामीलाई लाग्छ, हाम्रो काम त बोल्ने हो । समाजमा चमत्कार आफैं हुन्छ ।

यसपटक नयाँ वर्षको अघिल्लो दिन पूर्वी तराईंको प्रतिष्ठित जिल्लाको सार्वजनिक जमघटमा ओनसरी राजवंशी भेटिइन् । उनी ग्रामीण भेगमा बसोबास गर्ने गरीब नेपाली महिला हुन् । उनको सम्पत्तिको नाममा सार्वजनिक जग्गामा एउटा टहरो छ । श्रीमान बेरोजगार छन्, अर्कैको खेतमा बनिबुतो गर्छन् । पहिले कार्टुन फ्याक्ट्रीमा काम गर्थे । तीनवटी छोरी छन्, पढ्नमा साह्रै जेहनदार । पोहोर साल उनले छोरीलाई नेपाल प्रहरीको परिचर पदमा फर्म भर्न लगाइन् । छोरीले सबै तहका परीक्षण उत्तीर्ण गरिन् तर, अन्तिममा काठमाडौं पुगेर अन्तर्वार्तामा फालिइन् । ओनसरी अमुक राजनीतिक दल विशेष कि सक्रिय कार्यकर्ता हुन् । उनले छोरीलाई जागिर लगाउन धेरै नेतालाई हारगुहार गरिन् । चुनावमा पनि धेरै खटिइन् । घरमा पालेको हाँस, कुखुरा खुवाइन् । तर, कसैले उनको कुरा सुनेन । एकाध नेताले त पैसाबिना जागिर खान गाह्रो छ पनि भनेछन् । जागिर खान पैसा चाहिने कुराको हल्ला  यस पङ्तिकारले पनि सुनेको छ । यसपल्ट उनले तरक्क आँशु झारेर भनिन्, 'यहाँ गरीबको कुरा सुनिदिने कोही छैन, यसपालि पनि फर्म त भराएको छु, खुला, आरक्षण र कार्यालय सहयोगीमा, जागिर त के मिल्ला र !' उनको कुरा मर्म भेदी थियो, पङ्तिकार उनले दिएको कागज बोकेर हिँड्यो । उनका लागि समाज पनि छैन, राजनीतिक दल पनि छैनन् र राज्य पनि छैन । अनि कसरी आउँछ, नयाँ वर्ष ? यिनी हाम्रो समाजकी प्रतिनिधि पात्र हुन्, जसले समग्र समाजको अभाव र गरीबी चित्रण गर्छ । समाजको साधन श्रोत सम्पन्न पक्षमा समवेदना मरिसकेको छ, जसले आफ्नो स्वार्थ र लाभबाहेक अर्थोक देख्दैन ।


Advertisment
Nabil box
Kumari

दुई विषयमा स्नातकोत्तर गरेका र एउटा राजनीतिक दलको भ्रातृ संगठनमा लागेका सल्यानका रमेश केसीले ६ महिनाअघि एउटा राजनीतिक दलको भेलामा भनेका थिए, 'मसँग दुइटा डिग्री छन्, मैले राज्यमा भूमिका र काम खोजेको केही वर्ष भयो, तर पाएको छैन, दलको भ्रातृ संस्थाका लागि पनि योग्य भइनँ ।  अब त दिक्क भैसकेँ । विस्तारै विदेशको सपना देख्न थालेको छु, हामीलाई नेपाल मैं रोक्ने तपाईंहरूसँग कुनै कार्यक्रम छ ? कार्यक्रम छैन भने दशथरि कुरा किन गर्नुहुन्छ ?' यसको जवाफ कसले दिने ? देशका भरभराउँदा युवाहरूको निराशाको मलहम पट्टी के ? विदेश पलायन वा विद्रोह ? विद्रोह पनि कहिलेसम्म र केका लागि ? विद्रोहमा साथ दियो, मालिक हुन्छ अर्कै ।  युवा जनशक्ति विदेश भासिएपछि देशका लागि काम गर्ने कसले ? आखिर देश बनाउने त ऊर्जावान मानव संसाधनले नै त हो । यस विषयमा देशको राजनीतिक नेतृत्वमा चिन्ता र गम्भीरता पटक्कै देखिँदैन । अनि कसरी आउँछ युवाहरूलाई नयाँ वर्ष ?

Vianet communication

पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल र हलेसीको बीचतिर नुनथला भन्ने ठाउँ छ, मीठो चियाका लागि प्रसिद्ध । केही दिनअघि त्यो बाटो हिँड्दा एकजना ८१ वर्षीय भट्टराई थरका वृद्ध बिरामी भेटिए, लामीडाँडा हुँदै जहाजबाट काठमाडौं लाँदै गरेका । उनी सिकिस्त थिए, छोरा र भतिजासँगै थिए । काठमाडौं त लाने, तर कुन अस्पताल, ठेगान थिएन । एकजना नातेदारको भरमा ठूलो अस्पताल लैजाँदै रहेछन् । छोराको चिन्ता थियो, पैसा कति लाग्ने हो ? नेपालमा ८० वर्ष नाघेका गरीब वृद्ध वृद्धालाई सहज र सुलभ उपचारको व्यवस्था छैन, न सरकारी, न निजी अस्पताल कतै पनि  । एक त ढल्केको उमेर, त्यसमाथि लाग्ने खर्च र निको हुने कुराको अनिश्चितता । यो त एउटा प्रतिनिधि घटना मात्र हो । देशभरि यस्ता व्यक्ति र परिवार कति छन् कति ? अनि त्यस्तो परिवारलाई कसरी आउँछ नयाँ वर्ष ? आखिर यत्रा बग्रेल्ती सरकारहरूको औचित्य के? राज्य र सरकार भनेको के ? किन बनाएको सरकार ? न रोजगारी न उपचार, न राहत ?

विराटनगर महानगर कै वडा नम्बर १९ मा ठूल्ठूला मुसहर (ऋषिदेव) बस्ती छन् । त्यसै बस्तीका बासिन्दा हुन् विष्णु ऋषिदेव । उनका बाबुआमा कोभिडमा बिते । नजिकै ठूल्ठूला अस्पताल थिए । उपचार गराउने पैसा थिएन, कसैले अस्पताल लगि दिएन । उनी ५२ वर्षका भए, ७२ जस्ता देखिन्छन् । एउटी छोरीले दुई कक्षासम्म पढी र तीन वर्षअघि बिहे भयो । विष्णुका अरु चार छोरा छन् । एउटाले जसोतसो ९ सम्म पढ्यो र छोड्यो । उमेर २२ को भयो, लक्का जवान भए पनि अनुहारमा गरीबीका रेखा प्रशस्तै छन् । पाएको ठाउँमा मजदुरी गर्छ, भरपर्दो रोजगारी छैन । अर्को छोरो १९ वर्षको छ, ७ पढेर छोड्यो । दाजुसँगै मजदुरी गर्न जान्छ । विष्णुलाई दुइटै छोरा काममा जाँदा आनन्द लाग्छ । साना छोराहरू १६ र १४ का छन्, स्कुल जाँदैछन् । दाजुहरूले काम गरेर पढाउँछौं, स्कुल नछाड्नु भनेका छन् । सानाले पढ्छन् कि भन्ने विष्णुलाई थोरै आश छ । महानगरको एउटा वडाको दारुण चित्र हो यो । यहाँ कागज र नाममा सरकारै सरकार छन् तर, वास्तविक जीवनमा केही पनि छैन, विष्णुजस्ता नेपालीका लागि कोही छैन । उसका साना छोराहरूको पढ्ने ईच्छा पूरा गरिदिने न सरकार छ, न समाज ! अनि विष्णुलाई नयाँ वर्ष कसरी आउँछ ? उसका लागि नयाँ वर्षको उत्सव दन्त्य कथा मात्र हो ।

सिमान्तमा रहेको नागरिकको अवस्था कस्तो छ ? भोकै पर्दा, बिरामी हुँदा, स्कुल पढ्न नपाउँदा, बेरोजगार हुँदा को सोध्न आउँछ ?  

हामीले जनताको जीवनमा सुख ल्याउने कथा हालेको धेरै भयो । अहिले पनि दोहोर्‍याएको दोहोर्‍याइ छौं । तर, तदनुरूप काम गर्दैनौं । हामीलाई लाग्छ, हाम्रो काम त बोल्ने हो । समाजमा चमत्कार आफैं हुन्छ । युगले एउटा जादुगर अवश्य पैदा गर्नेछ र देशको उन्नति जादुगरबाट हुनेछ । हामीले त आ-आफ्नो जीवन बनाउने हो । अनि यस्तो समाज विकसित कसरी हुन्छ ? अझ हामी त समृद्धिको पो नारा दिन थालेका छौं । समृद्धि भनेको चरम प्रगति हो । यसका लागि तीव्र गतिमा उन्नति गर्दा पनि कम्तिमा ५० वर्ष लाग्छ । हाम्रो बकवासले त १० वर्ष काफी छ। अनि हामीलाई पत्याउने जनता महान् हुन् कि बुद्धु ? तर, हामी जनतालाई बारम्बार झुक्याउँदै छौं । तर, कतिञ्जेल ? यस्तो नौटङ्की कहिलेसम्म चल्ला ? हामीलाई थाहा छ, राज्यको परिकल्पना र गठन  जनताको जीवनलाई सहज बनाउन र सुरक्षा दिनका लागि जनताद्वारा नैं भएको थियो । नत्र हाम्रोजस्तो निर्मोही राज्य अस्तित्वमा आउने नै थिएन । राज्यको अवधारणा आएका/बनेका राष्ट्रहरू कहाँ पुगे र हामी कहाँ छौँ ? नयाँ वर्ष शुरू भइसक्दा पनि यो प्रश्न अनुत्तरित नै छ । सावा अक्षर मात्र छिचोलेको नेपालीले पनि भन्न सक्छ कि देशले कुन बाटो समातेको छ । अनि ऊ केवल सम्वत् फेरिँदैमा कसरी  रमाउन सक्छ ?

 लोकतान्त्रिक शासन व्यवस्था जनभावनाअनुसार चल्ने राजनीतिक व्यवस्था हो । अरु राजनीतिक प्रणालीमा जनभावनाको स्थान हुँदैन । त्यसैले यसलाई उत्तम मानिन्छ । तर, हाम्रो लोकतन्त्रमा जनताको स्थान कहाँ छ ? आज सोचनीय अवस्था छ । गान्धीले भनेजस्तो सिमान्तमा रहेको नागरिकको अवस्था कस्तो छ ? भोकै पर्दा, बिरामी हुँदा, स्कुल पढ्न नपाउँदा, बेरोजगार हुँदा को सोध्न आउँछ ?  एक प्रकारले भन्ने हो भने हामीले जनतालाई कीरा फट्याङ्ग्रा ठानेका छौं, मरे बाँचे हामीलाई मतलब छैन । जनता कहाँ र कस्तो ठाउँमा बस्छन्, शिक्षा, स्वास्थ, रोजगारीको अवस्था के छ, सुरक्षा छ/छैन, खाएका छन्/छैनन्, यी कुनैं कुराको हामीलाई चासो छैन । अनि राज्यको दायित्व कसरी पूरा हुन्छ र सरकार हुनु र नहुनुको के अर्थ छ ? सरकार हाम्रानिम्ति, अवसर हाम्रा लागि, सुविधा र फाइदा पनि हाम्रै निम्ति भएपछि जनताले राज्यका बारेमा कस्तो धारणा बनाउने ? सिंहदरबारदेखि वडा कार्यालयसम्मको मानसिकता, चरित्र र व्यवहार एकनास भएपछि समाज कहाँबाट उँभो लाग्छ ? नेपालका जिम्मेवार अधिकारीहरूलाई जनता चुस्ने विद्या मात्र आउँछ भन्ने कुरामा दुई मत छैन । जसको परिणाम आजको नेपाल हो ।

सरकारमा पुगेका राजनीतिक दलहरूसँग विकासको 'टार्गेट' हुनुपर्छ । त्यसनिम्ति गुरुयोजना, रणनीति  र पर्याप्त श्रोतको सुनिश्चितता हुनुपर्छ । यसका लागि आन्तरिक र बाह्य दुवै श्रोत जुटाउन सक्ने विश्वसनीय नेतृत्व हुनुपर्छ । छलबलले जिम्मेवारीमा पुगेका प्राविधिक व्यक्तिहरूलाई दुनियाँले पत्याई हाल्दैन । नेपालको वास्तविक समस्या यही हो । हरेक राजनीतिक दलको नेतृत्व तहमा यस्तै व्यक्तिहरूको प्रभुत्व छ । यो जमात साच्चै संवेदनहीन छ । यसको दुष्प्रभाव सर्वत्र फैलिएको छ । अपवादका कतिपय ठाउँहरूमा जिम्मेवारीमा पुगेका असल नियत भएका राम्रा व्यक्तिहरूका कारण त्यहाँको जनजीवन फेरिएको छ । तर, दृष्टान्तहरू धेरै कम छन् । एउटै मात्र उदाहरण दिनुपर्दा मोरङ जिल्लाको रंगेली नगरपालिकालाई लिन सकिन्छ । त्यहाँका बाटाघाटा, कृषि प्रणाली, धार्मिक स्थल, विद्यालय र स्थानीय सरकारले नागरिकलाई  दिने सेवाको गुणस्तर उदाहरणीय र अनुकरणीय बन्दै गएको देखिन्छ । यो सबै परिवर्तन नेतृत्वमा बसेको व्यक्तिको दृढ इच्छा शक्ति र इमानदार प्रयासका कारण सम्भव भएको हो, उसले प्रतिनिधित्व गर्ने दलका कारण होइन ।

स्वामी विवेकानन्दले एकपटक भनेका रहेछन्, 'हामीसँग सयजना असल र योग्य मानिस भए भने भारत बन्छ ।' नेपालमा त त्यसको ठिकविपरीत सयजना खराब मानिसहरू भए, जसका कारण आजको दुर्दशा छ । अनि संवत फेरिँदैमा हर्षोल्लास कसरी मनाउन सकिन्छ र ? जबसम्म खराब मानिसहरूको चंगुलबाट राजनीतिलाई मुक्त गर्न सकिँदैन, तबसम्म देश यसरी नै छटपटाइरहन्छ, जनताले दुःख पाइरहन्छन्  र हामीले जतिसुकै उत्तम राजनीतिक प्रणाली स्थापना गरे पनि त्यसले आफ्नो धर्म अनुसार काम गर्न सक्दैन । सम्वत्हरू फेरिइरहन्छन् तर, जनताको हालत ज्यूँका त्यूँ रहन्छ । त्यसैले जनताको हालत नसुध्रिएसम्म नयाँ वर्ष आउँछ/जान्छ । कुनै उत्सव र हर्षोल्लास सम्भव हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x