३० जेठ २०८३, शनिबार

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

बैशाख ८, २०८१
बाग्लुङ
विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

 विद्यार्थी सङ्ख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको छ ।

विद्यार्थी अभाव झेल्दै आएका प्राथमिक विद्यालय र आधारभूत विद्यालयमा तह घटाइएको छ भने दुई विद्यालय तत्कालका लागि बन्द गरिएको छ । बन्द हुने विद्यालयमा बागलुङ नगरपालिका–९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि  छन् । 

विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बागलुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी दुई विद्यालय बन्द गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्