काठमाडौं, २९ पुस — बलिउड अभिनेता शाहिद कपूरले कंगना रनावतसँग चिसो सम्बन्ध रहेको कुरा हल्ला मात्र भएको बताएका छन् ।

कंगनासँग मिलेर खुशीखुशी आफूले रंगून फिल्म प्रमोसन गर्ने उनले बताए ।
रंगूनमा शाहिद कपूरका साथसाथै कंगना रनावत र सैफ अलि खानको प्रमुख भूमिका छ ।
रंगूनको आधिकारिक ट्रेलर रिलिज हुनुभन्दा धेरैअघिदेखि शाहिद र कंगनाको सम्बन्ध चिसिएको हल्ला चलिरहेको थियो । पहिलोचोटि एउटै फिल्ममा खेलेका यी दुईले शूटिङका दौरान झगडा गरेका अनि शाहिदले उनीसँग मिलेर फिल्म प्रमोट गर्न समेत इन्कार गरेको खबर आएको थियो ।
तर अहिले आएर शाहिदले सबै हल्लाहरूमा ब्रेक लगाएका छन् । ‘कंगना र मेरोबीचमा कुनै नराम्रो छैन । म उनीसँग मिलेर फिल्म प्रमोट गर्छु,’ उनले भने ।
एजेन्सी