०८ असार २०८३, सोमबार

कोरिया  भाषा  परीक्षाका  लागि अब माग  सङ्ख्याको  तीन  गुुणा  सङ्ख्यामा मात्रै आवेदन

बैशाख २२, २०८१
काठमाडौं
कोरिया  भाषा  परीक्षाका  लागि अब माग  सङ्ख्याको  तीन  गुुणा  सङ्ख्यामा मात्रै आवेदन

दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति  प्रणाली  (इपिएस)  मार्फत  कोरिया  भाषा  परीक्षाका  लागि  माग  सङ्ख्याको  तीन  गुुणा  सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुुरामा सहमति भएको हो ।

 पछिल्लो   समयमा   इपिएसमार्फत   दक्षिण   कोरिया  जानेका  लागि  आवेदन  भर्नेको  सङ्ख्या  अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्