
माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।
मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।
एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।
आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।
माछापुच्छ्रेको जीतमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।
आफ्ना कर्मचारीको व्यावसायिक क्षमताको साथमा खेलप्रतिको रूचिलाई समेत ध्यानमा राख्दै बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरेट टुर्नामेन्टहरूमा सहभागी गराउँदै आएको छ ।