२३ जेठ २०८३, शनिबार

रातो मच्छिन्द्रनाथ रथ तान्न शुरू

बैशाख २९, २०८१
ललितपुर
रातो मच्छिन्द्रनाथ रथ तान्न शुरू

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न शनिबारबाट शुरू भएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरू भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मच्छिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाइ अन्त्य गर्ने चलन छ ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्यान्ड, थाइल्यान्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र  विश्व बैंक, युनिसेफ, यूएसएआईडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरू सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्