०७ साउन २०८३, बिहीबार

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बैशाख ३१, २०८१
काठमाडौं
मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।​​

धादिङको बद्री विशाल माध्यमिक विद्यालय र स्वर्णिम एकेडेमीका १८२ विधार्थीलाई स्टेशनरी सामान (जस्तै: कपि, कलम, पेन्सिल, पेन, आदि) प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा तथा बालबालिकाहरूको हितमा विभिन्न काम गर्दै आएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारी, विद्यालयका शिक्षक तथा पदाकारीहरूको उपस्थिति रहेको थियो ।

सहयोगले विद्यार्थीहरूमा शिक्षाप्रति थप उर्जा ल्याउन मद्दत पुग्ने बैंकको विश्वास रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्