×

NIC ASIA

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ ।

र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्जन र खुम्चिएको दृश्यबाहेक अर्को देखिन्न । नेपाल कम्युनिस्ट पार्टी स्थापनको ७५ वर्ष पार गरेर हीरक वर्ष मनाइसकिएको छ । यो ७५ वर्ष कम्युनिस्ट पार्टीको इतिहासका हरेक पानामा गुट, फुट, आरोपप्रत्यारोप मात्रै भेटिन्छन् । कम्युनिस्ट पार्टी विभाजन भएपछि एकअर्कालाई गैरवामपन्थी, दक्षिणपन्थी, अवसरवादी, उग्र वामपन्थी, अराजकतावादी, निम्न पुँजीवादी चरित्रलगायत दर्जनौं आरोप लगाउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिस्ट पार्टी विभाजनको शृङ्खलामा वैचारिक मतभेद मात्रै रहँदैन । कतिपय विषयलाई व्यक्तिगत चरित्रमा समेत प्रश्न गरेर जनमत आ–आफ्नो पक्षमा पार्ने कसरत गरेको पाइन्छ । कम्युनिस्ट पार्टीहरू मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनिनवादलाई अंगाल्छन् । कम्युनिस्ट पार्टीहरूले त्यसैको आधारमा राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, मुलुकको राजनीतिक शक्तिहरूले अंगालेका सैद्धान्तिक चरित्रलाई हेरेर अन्तर्विरोधबारे विश्लेषण गर्ने गर्छन् ।


Advertisment
Rupse Holidays
Nabil box

पछिल्लोपटक निरन्तर क्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मूलधारका राजनीतिक शक्तिहरूबारे आफ्नो दृष्टिकोणलाई दस्तावेजमा प्रस्ताव गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै एमालेबाट विभाजन भएर माधवकुमार नेपालले नयाँ पार्टी गठन गरे । २०७८ भदौमा गठित नेकपा (एकीकृत समाजवादी)ले आफ्नो दशौं महाधिवेशनका लागि प्रस्ताव गरेको दस्तावेजमा राजनीतिक दलहरूलाई पार्टीले हेर्ने दृष्टिकोण उल्लेख गरिएको छ । 

Vianet communication

नेकपा (एस)को दशौं महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि अध्यक्ष नेपालले सोमबार पोलिटब्युरो बैठकमा पेश गरेका छन् । उक्त प्रतिवेदनलाई केन्द्रीय समितिबाट टुंगो लगाउन मंगलबारदेखि केन्द्रीय कमिटीको बैठक बस्दैछ । 

प्रस्तावित प्रतिवेदनमा सबैभन्दा आक्रोश एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै केन्द्रित गरेर व्यक्त गरेका छन् । कम्युनिस्ट पार्टी विभाजनपछि कतिसम्म तुष हुन्छ भन्ने एउटा उदाहरण पछिल्लोपटक नेपालले देखाएका छन् । पार्टी गठन भएको ३ वर्ष पुग्नै लाग्दा आरोप–प्रत्यारोप दुवै दलबीच चलेको थियो । सत्ता समीकरणमा एकै ठाउँमा रहेको नेकपा (एस)ले एमालेलाई ‘दक्षिणपन्थी अवसरवादी’ भनेको छ ।

नेकपा (एमाले)को लामो मूल नेतृत्वमा रहेर बसेका नेपाल किन यसरी विश्लेषणमा पुग्छन् ? नेपाली वाम आन्दोलन र मार्क्सवादमा निख्खर भनिएका घनश्याम भुसालहरू रहेको पार्टीभित्रको मार्क्सवादीय दृष्टिकोण यही हो ? भन्ने प्रश्न उठेको छ । एमालेले हिजो बनाएका संरचनाअनुसार नै नेकपा (एस)ले आफ्ना सांगठनिक कमिटी गठन र गतिविधि सञ्चालन गर्दै आएको छ । 

वैचारिक, सांगठनिक संरचनालाई टुंगो लगाएर आफ्नो मार्गदर्शनका लागि सर्वोच्च निकाय महाधिवेशनमा जुट्दै गर्दा नेकपा (एस)ले आफ्नो धरातल पूरै बिर्सेको छ । नेकपा (एस)ले नेकपा (एमाले) र नेतृत्वप्रति पोखेको तुष पुरानै एजेन्डा हुन्, जुन एजेन्डाको शर्मनाक हार भइसकेको छ । नेकपा (एस)का हजारौं कार्यकर्ता मूल पार्टीमा फर्किसकेको अवस्था छ । यद्यपि, पुरानै तुषलाई बल्झाएर पार्टी निर्माण हुन्छ भन्नु माधव नेपालहरूको अर्को भूल हुन जान्छ ।

नेपालले एमालेको नेतृत्व गरिरहँदा राष्ट्रिय राजनीतिमा भन्ने गरिन्थ्यो, ‘नेकपा (एमाले)को देशव्यापी सञ्जाल हेर्दा राम्रो फुटबल टीम हो, मिडफिल्ड राम्रो छ, तर गोल हान्न सक्दैन ।’

दस्तावेजमा नेकपा (एमाले)लाई हेर्ने दृष्टिकोणमा भनिएको छ– ‘प्रतिनिधि सभामा ७८ सीट भएको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी प्रवृत्ति बोकेको कम्युनिस्ट पार्टी हो । मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्नु पर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ । संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ ।’

नेपालले सार्वजनिक रूपमा समेत एमाले अध्यक्ष ओलीप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । यतिखेर उनले दस्तावेजमा नाम उल्लेख नगरे पनि नेता प्रधान भनेर अध्यक्ष ओलीको आलोचना गरेका छन् । एमालेको चरित्रलाई ‘दक्षिणपन्थी अवसरवादी’ भनेका छन् । 

सर्वोच्चको परमादेशपछि सरकार गठनदेखि ५ दलीय गठबन्धन र समीकरण फेरबदलमा माधव नेपाल आफ्नो अडानमा कहीँ रहन सकेनन् । जसरी पनि सत्तामा जानु पर्छ भन्ने अवसरवादी चरित्रमा नेकपा (एस) चुर्लुम्मै डुबेको छ । बरु नेकपा (एस)ले एमालेलाई लगाउँदै आएको आरोपलाई जनमतले खारेज गरेको छ । 

कम्युनिस्टहरूले एउटा विश्लेषण गर्ने गर्छन्, ‘वामपन्थी दुष्साहसवादीहरूले रुखको टुप्पोबाट तल ओर्लिनु छ भने विस्तारै नओर्ली टुप्पोबाट एक्कैचोटी हाम फाल्न खोज्छन् । दक्षिणपन्थी अवसरवादीहरू भने रूखमै चढ्न खोज्दैनन् ।’

अहिले माधव नेपालहरूको चरित्र त्यही ढंगको देखिन्छ । नेकपा (एमाले) जनमतको आधारमा निर्णायक राष्ट्रिय शक्तिको अभियानमा छ । पछिल्लो उप–चुनावमा प्रकट भएका जनमतले एमालेको एजेन्डालई पहिलो चरणमा अनुमोदन गरेको देखिन्छ । तर, अझै व्यक्तिगत तुषमा नेपालहरू रमिरहँदा उसले राजनीतिक उद्देश्य हासिल गर्न सक्दैन । 

नेकपा (माओवादी केन्द्र)प्रति नेकपा (एस)को मोह भंग भइसकेको छैन । पाँचदलीय गठबन्धनको सरमा नेकपा (एस) रमेको छ । सत्ता समीकरणको फेरबदलपछि ‘समाजवादी मोर्चा’को अस्तित्व स्वतः गुमेको देखिन्छ । यद्यपि समाजवादी मोर्चाको आशावादी त्यान्द्रो राखेर माओवादीप्रति नेपाल नरम देखिएका छन् ।

‘प्रतिनिधि सभामा ३२ सिटसहित रहेको नेकपा (माओवादी केन्द्र) सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ । जनवादी क्रान्तिका उपलब्धिहरू रक्षा गर्न प्रतिबद्ध देखिन्छ । समाजवादी मोर्चामा हामी सँगै छौं’, नेपालद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एमालेको नेतृत्वमा रहँदा माधव नेपालका यस्ता द्विविधायुक्त धारणाका चाङ लामै छन् । एउटा उदाहरण हेर्दा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट संसद् पुनःस्थापना, जनमत संग्रह, संविधानसभा जे भए पनि हुन्छ भन्ने नीति पारित गरिएको थियो  । संविधानसभामा जानुपर्छ र पार्टीलाई अध्यक्षात्मक प्रणालीमा लानुपर्छ भन्ने पक्षलाई पाखा लगाइयो । जुन प्रणाली आठौं महाधिवेशन (बुटवल)बाट पनि पारित भयो ।​ त्यसलगत्तै माधव नेपालको चर्चित भनाइ आएको थियो, ‘नेकपा (एमाले) सत्तामा जान हतार पनि गर्दैन, ढिलो गर्ने पक्षमा पनि छैन ।’

नेपालले एमालेको नेतृत्व गरिरहँदा राष्ट्रिय राजनीतिमा भन्ने गरिन्थ्यो, ‘नेकपा (एमाले)को देशव्यापी सञ्जाल हेर्दा राम्रो फुटबल टीम हो, मिडफिल्ड राम्रो छ, तर गोल हान्न सक्दैन ।’

नेपाल तत्कालको घट्नाक्रमलाई विश्लेषण गर्न चुक्छन् । राजनीतिमा शत्रु र मित्र हुँदैन भन्ने हेक्का राख्दैनन् । राजनीतिक जीवनको उतारचढावमा नेपालले जे नीति अंगाल्छन्, त्यसैको प्रतिविम्बका रूपमा अहिले प्रकट भएको छ । नेकपा (एस)ले एमालेप्रति जुन आरोप लगाएको छ, त्यसले राष्ट्रिय राजनीतिमा उसको दक्षिणपन्थी अवसरवादी चरित्र झन उदांगो पारिदिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x