२९ जेठ २०८३, शुक्रबार

बुटवलमा दुई दिने दोहोरी प्रतियोगिता, प्रथम हुनेले ५५ हजार पुरस्कार पाउने

जेठ ७, २०८१
बुटवल
बुटवलमा दुई दिने दोहोरी प्रतियोगिता, प्रथम हुनेले ५५ हजार पुरस्कार पाउने

लोक दोहोरी गीतको प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता हुँदैछ । लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा हुने दुई दिने प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट प्रतियोगी टिम बुटवल आउँदैछन् । 

प्रतिष्ठानका अध्यक्ष दिपु मगरले रुकुम पूर्व र अर्घाखाँचीबाहेक दश जिल्लाबाट टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिए । हरेक जिल्लाबाट तीन जना पुरुष र तीन जना महिला सहितको टिम हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५, द्वितीयले ३३ हजार ३३३, तृतीयले २१ हजार १११ र सान्त्वनाले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिष्ठानका सचिव योगराज पोखरेलले कार्यक्रममा ७०० कलाकारको सहभागिता रहने बताए । लुम्बिनी प्रदेश खेलकुद परिषद्‌का सदस्यसचिव जयप्रकाश भट्टराईले दोहोरी खेल दिमाग खिवाउने खेल भएकोले खेलकुदको विधामा पनि पर्ने बताए । 

प्रतियोगितामा निर्णायक संमितिको संयोजकको जिम्मेवारीमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्