×

NIC ASIA

आलेख

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

काठमाडाैं | जेठ ७, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्रीको संलग्नताको प्रश्न हो ।

हुन त नेपालमा हुँदै आएका ठूला भ्रष्टाचारका घटनामा उच्च तहका राजनीतिक व्यक्तिको संलग्नता देखिए पनि राज्यले कारबाही गरेका दृष्टान्त कमै छन् । अब पनि कसैमाथि छानबिन होला र कारबाही समेत होला भन्नेमा कसैलाई विश्वास छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसलाई नेपाली राजनीतिको खासियत मान्नुपर्छ । राजनीतिको मूल चरित्र नै यस्तो भएपछि अहिलेको प्रकरण पनि मौसमी बाजामा परिणत हुने खतरा देखिन्छ । अब यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने/नपुर्‍याउने दलहरूकै हातमा छ ।


Advertisment
Rupse Holidays
Nabil box

नेपाली जनताको स्पष्ट कुरा के छ भनेर राज्यका जिम्मेवार व्यक्तिहरू पनि आफूले गरेको कसुर या अपराध अनुरूप सजायको भागीदार हुनुपर्छ । यस्तो अवस्था सिर्जना नगर्ने हो भने नेपाली समाजले अझ दुरावस्था झेल्नुपर्ने दिन आउनेछ । यसका लागि इतिहासको वर्तमान कालखण्ड जिम्मेवार हुनेछ । वस्तुनिष्ठ छानबिनले नै यस सहकारी प्रकरणमा संलग्न व्यक्तिहरूको पहिचान हुन्छ र यस प्रकरणले पनि निकास पाउँछ ।

Vianet communication

गृहमन्त्रीजीले आफ्नो नाम आएपछि उहाँको दृष्टिमा निराधार भएपनि छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ र आफूलाई सही साबित गर्न सक्नुपर्छ । आफैं सरकारको महत्त्वपूर्ण व्यक्ति भएको हुनाले संसद्मा बोलेर मात्र होइन, आजसम्मका भ्रष्टाचार प्रकरणहरूमा छानबिन गराउने हैसियत देखाउन सक्नुपर्छ । अन्यथा आफू मात्र होइन, अरू पनि ठीक छैनन् भनेर दोषबाट उन्मुक्ति लिन खोजेको प्रमाणित हुनेछ ।

 नेपाली जनताले यस्ता धेरै घटना र दृश्य व्यहोर्नुपरेको र देख्नुपरेको धेरै भयो । अंग्रेजीमा एउटा भनाइ छ, 'अ बार्किङ डग सेलडम बाइट्स' भुक्ने कुकुरले बिरलै टोक्छ । राणाशाही, पञ्चायत र बहुदल भोगेका जनताको शृंखलाबद्ध अनुभूतिको निष्कर्ष यही हो । जनताको मनमा संशय राखेर जनतालाई नै उपदेश दिन पाइँदैन । आफूलाई सही, सत्य र पारदर्शी प्रमाणित नगरिकन कोही पनि जनताको मसिहा बन्न सकिँदैन ।

मान्छेका आ–आफ्नै दुःख छन्, संस्था र समाजका पनि हुन्छन् । यसका खास कारणहरू पनि छन् । भगवान् बुद्धले भनेजस्तो संसारमा दुःख छन्, दुःखका कारण छन् र यसबाट मुक्तिको उपाय पनि छ । आजका हाम्रा दुःख र यसका कारणहरूका बारेमा चर्चा गर्नु उपयुक्त र सान्दर्भिक हुनेछ ।

कांग्रेस हारको शृंखला 

केही समयअघि इलाम र बझाङमा उपचुनाव सम्पन्न भएर दुवै स्थानमा कांग्रेस पराजित भएको घटना ताजै छ र गत संसदीय निर्वाचनपश्चात पराजयको शृंखला निरन्तर जारी छ । विगत आमनिर्वाचनपछिका हरेक निर्वाचनमा कांग्रेसले राष्ट्रपति पदबाहेक कुनै पनि जित र उपलब्धि हासिल गर्न सकेको छैन । यसको कारण के हुनसक्छ ? चितवन र तनहुँ दुवै जिल्ला कांग्रेसका परम्परागत गढ थिए । अझ तनहुँ त पार्टीका वरिष्ठ नेता र हालका राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएको ठाउँ हो । यस क्षेत्रमा गहिरो राजनीतिक/सामाजिक साइनो वा सम्बन्ध नै नभएका उम्मेदवारले फराकिलो मतान्तरले चुनाव जित्नु एक प्रकारले अनपेक्षित र आश्चर्यजनक घटना थियो । यसले नेपालको राजनीतिमा ठूलो तरंग समेत पैदा गर्‍यो ।

बारम्बारको सत्तारोहणले त अहंकार यति बढ्यो कि सँगैको साथी बैरी देखिन थाल्यो । सत्ता उन्मादले लोकतान्त्रिक संस्थाहरू निरीह साबित भए । विधिको शासन कागजमा सीमित हुन लाग्यो, तर पनि होश आएन । निरीह जनताको जीवनमा कुनै सुधार भएन । नयाँ पुस्ता राजनीतिबाट कोशौं टाढा पुग्यो । देशको अर्थतन्त्र सुदृढ हुन सकेन । स्वास्थ्य, शिक्षा र रोजगार मरुभूमिको पानी भयो । छिमेकी देशहरूसँग सम्बन्ध सुमधुर भएन । समाजमा शान्ति र अमनचयन कायम भएन । राज्य संयन्त्र जिम्मेवार भएन । समाजको आधारभूत तहदेखि केन्द्रसम्म भ्रष्टाचारले गाँज्यो ।

अर्को कुरा, गत संसदीय निर्वाचनमा गठबन्धनमा समेत नरहेको, हाल पनि विपक्षी गठबन्धनमा सामेल भएर सरकारमा गएको र मधेशमा कांग्रेस खुइल्याउन अग्रणी भूमिका खेलेको जसपालाई सरक्कै उम्मेदवारी छाड्नु र चुनाव जिताउन मरिहत्ते गर्नु अझ दुःखद् राजनीतिक घटना थियो । यसको कारण के हो ? देशभरका कांग्रेसजनलाई आजसम्म कसैले पनि चित्त बुझाउन सकेको छैन । त्यसबेला कांग्रेसले जसपालाई चुनाव मात्र जिताएन, उपराष्ट्रपतिको उच्च पद समेत दिलायो । यसको खास बाध्यात्मक र रणनीतिक कारण एवं उद्देश्य के थियो, आजसम्म कसैले बुझ्न र भेउ पाउन सकेको छैन ।

पार्टीका आमसदस्यले बुझेको कुरा त के हो भने यसबाट रणनीतिक रूपमा जसपा सफल भएको थियो र कांग्रेस असफल । अब समयक्रममा विकसित पछिल्लो राजनीतिक घटनाक्रम अनुरूप वर्तमान गठबन्धन भत्किएर कांग्रेस सम्मिलित गठबन्धन निर्माण हुन सकेमा जसपामाथिको आजसम्मको राजनीतिक लगानी असुली होला नत्र कांग्रेसले जसपालाई बोक्नुको औचित्य पुष्टि गर्न सक्ने छैन । अहिले जसपा टुक्रिएर आफ्नो पुरानो हैसियत गुमाइसकेको अवस्थामा उसको साथ सहयोगले कति नै बल पुग्ला र ?

ठोस गृहकार्य 

कुनै पनि व्यक्ति वा संस्थाले बारम्बार सामना गर्नुपर्ने सबै प्रकारका चुनौतीहरूबाट पार पाउन त्यति सहज वा सजिलो छैन । संघर्ष, प्रतिस्पर्धा, प्रतिद्वन्द्विता, चुनाव र युद्धजस्ता परीक्षाहरू उत्तीर्ण गर्न ठूलो तयारी आवश्यक पर्छ । यसमा थोरैमात्र हेलचेक्य्राइँ भयो भने नतिजा सोचेजस्तो आउँदैन । मानव जीवन वा संस्थाको जीवनमा यस्ता घटनाहरू दोहोरिइरहन्छन् । आफूलाई अब्बल साबित नगरुञ्जेल अपेक्षित नतिजा ल्याउन सकिँदैन र सधैंभरि तदर्थवादी ढंगले चल्ने हो भने पनि परिणामहरू सुखद हुँदैनन् । महान् उद्देश्य भएका व्यक्ति वा संस्थाले सदैव यसको हेक्का राख्नु पर्दछ । आजसम्म नेपाल तदर्थवादमा चलेको यथार्थ यहाँ दोहोर्‍याइरहनु पर्दैन ।

अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले एकपटक भनेका रहेछन्, 'यदि तिमी मलाई रूख काट्नका लागि ६ घण्टा समय उपलब्ध गराउँछौ भने म पहिलो चार घण्टा बञ्चरो उध्याउनमा खर्च गर्छु ।' यस भनाइले व्यक्तिको सफलता उसको गम्भीर तयारीमा निर्भर गर्छ भन्ने कुरालाई संकेत गर्दछ र यो अवश्यम्भावी हुन्छ । यसैगरी एकपटक चिनियाँ नेता देङ स्याओ पेङलाई पत्रकारले प्रश्न गरेछन्, 'तपाईं दिनमा कति घण्टा काम गर्नुहुन्छ ?' देङले उत्तर दिएछन्, 'दुई घण्टा' अनि बाँकी २२ घण्टा नि ? जवाफमा उनले भनेछन्, 'केही घण्टा सुत्छु र अरू सम्पूर्ण समय तयारी गर्छु ।' यसले पनि व्यक्तिको लक्ष्यप्रतिको एकाग्रतालाई नै संकेत गर्छ ।

आखिर संस्थाको नेतृत्व पनि व्यक्तिले नै गर्ने हो । सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूले आफ्नो सम्पूर्ण क्षमता र समय आफूले नेतृत्व गरेको संस्थाको उन्नतिमा लगाउनु पर्दछ र यो उसको प्राथमिक दायित्व पनि हो । यसका निम्ति ठोस गृहकार्य आवश्यक पर्दछ । यदि त्यसो भयो भने अपेक्षित परिणाम प्राप्त हुन्छ र व्यक्ति, संस्था, समाज वा राष्ट्र सफल पनि हुन्छ ।

चुकेको समय

यतिबेला नेपाली कांग्रेसका नेता तथा सदस्यहरूले वर्तमान राजनीतिक परिस्थितिको वस्तुनिष्ठ मूल्यांकन गर्दै आफ्नो अवस्था र भोलिका निम्ति आवश्यक तयारीमा जुट्नुपर्ने आजको ऐतिहासिक आवश्यकता देखिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात कांग्रेसलाई प्राप्त अवसरको राम्ररी सदुपयोग हुन सकेको भए सशक्त प्रतिद्वन्द्वीको रूपमा न कम्युनिस्ट पार्टीको उदय हुन्थ्यो, न अहिले आएर नयाँ दलहरूले चुनौती नै दिन सक्थे ।

०४७ सालको संविधान निर्माण गर्दासम्म अत्यन्त जिम्मेवार ढंगले कार्यसम्पादन गरेको कांग्रेस ०४८ को संसदीय निर्वाचनपछि घरझगडामा नराम्ररी फस्न पुग्यो । नेपाली राजनीतिमा यसको बहुआयामिक नकारात्मक प्रभाव पर्‍यो । अहिले देखिएको भौतिक विकासको जग त्यतिबेलै बसेको भएपनि सरकार र पार्टीबीचको शक्ति संघर्षले तत्कालीन राजनीतिमा प्रवाह गरेको अस्वस्थ प्रभावबाट नेपाली राजनीति नराम्ररी गिजोलिन पुग्यो । त्यतिबेला कांग्रेसले आफू लोकतन्त्रको सच्चा हिमायती र लोकतान्त्रिक संस्कृतिको पाठशाला हो भन्ने कुरा चटक्कै बिर्सियो ।

देशमा भर्खरै पुनःस्थापना भएको लोकतान्त्रिक शासन प्रणालीको जग बसाल्ने गहन अभिभारा बोकेको कांग्रेसले विभिन्नथरिका कम्युनिस्ट पार्टीहरूलाई संसदीय लोकतन्त्रको शान्तिपूर्ण बाटोमा हिँडाउनु पर्ने दायित्व पनि लिएको थियो । भौतिक विकास, विधिको शासन र लोकतान्त्रिक संस्कृति समेत हुर्काएर नेपाललाई प्रगति पथमा हिँडाउनुपर्ने गुरुत्तर जिम्मेवारी कांग्रेसको काँधमा थियो । विडम्बना नै मान्नुपर्छ कि मूल दायित्व छाडेर सिङ्गो पार्टी गृह कलहमा व्यस्त र मस्त भयो । यसका लागि वर्तमानका केही नेताहरू पनि जिम्मेवार छन्, जसले त्यतिबेला नेता भिडाएर आफ्नो दुनो सोझ्याउन खोजे र थोरबहुत सोझ्याए पनि, जसको प्रत्यक्ष साक्षी नयाँ पुस्ता पनि छ । त्यतिबेलाको राजनीतिक परिदृश्य घामजत्तिकै छर्लङ्ग छ ।

अर्कोतिर, कांग्रेसले ०४८ र ०५६ को जनादेशलाई सम्हाल्न नसकेकै हो । अहिले आएर पनि त्यस राजनीतिक दुर्घटनालाई पार्टीले निशंकोच रूपमा स्वीकार्न सकेको देखिँदैन । अब यसमा लाज मान्नुपर्ने वा त्यसलाई ढाकछोप गर्नुपर्ने कुनै कारण छैन । लोकतन्त्रको विकासक्रममा त्यस्ता घटना र कमजोरी देखापर्छन् । विश्व राजनीतिमा नेपाल अपवाद होइन । संसद विघटनको त्यो घटनाले परिवर्तनलाई आत्मसात गर्न नसक्ने, राजनीतिलाई अस्थिर बनाउन चाहने र लोकतन्त्रको दीर्घ जीवन नचाहने शक्ति तथा समूहहरूलाई निकै उत्साहित तुल्याउने स्थिति बन्यो । साथै, राज्यमा सुशासनको अभाव र भ्रष्टाचारको बिगबिगीले लोकतन्त्रविरोधीहरूका लागि उर्बर जमिन तयार भयो ।

यसैको जगमा माओवादी विद्रोह खडा भयो र फैलियो । त्यसले पुर्‍याएको राजनीतिक, सामाजिक र आर्थिक क्षतिका सन्दर्भमा धेरै पुस्तक नै तयार भएका छन् । यसैको चपेटामा परेर १७ हजारभन्दा बढी नेपालीहरूले आफ्नो अमूल्य जीवन गुमाउनु परेको कहालिलाग्दो तस्वीर हामीसँग छ । यसैगरी आफूले गुमाएको शासनाधिकार फिर्ता गर्ने दाउ हेरेर बसेको राजदरबार समेत उपरोक्त परिस्थितिबाट हौसिएको थियो ।

अन्ततः कांग्रेसकै हातबाट पुनः संसद् विघटन हुन पुग्यो । त्यसले पर्दाभित्रबाट खेल खेलिरहेको राजतन्त्र खुलेआम प्रकट भयो । तत्पश्चातका राजनीतिक घटनाक्रमहरूले लोकतन्त्रका लागि झण्डै ५ बर्ष अनवरत संघर्ष गर्नुपर्ने स्थिति पैदा भयो । यी सबै परिस्थितिका लागि हामी जिम्मेवार छौं कि छैनौं ? निशंकोच भन्न सक्नुपर्छ कि हामी नराम्ररी चुक्यौं र जिम्मेवार छौं, अब सही बाटो हिँड्छौं ।

सत्ताको नशा

अब एउटा प्रश्न उठ्छ, २०६३ सालको युगान्तकारी ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् पनि हामीले १८ वर्ष व्यतीत गरिसकेका छौं ।

यो अवधिका राजनीतिक घटनाक्रमबारे त नेपाली समाजको कान्छो पुस्ता समेत जानकार छ । यस कालखण्डमा कांग्रेसले आफूलाई सुधार्‍यो वा सुधारेन ? यसबीचमा प्राप्त भएका सरकार चलाउने अवसरहरूलाई सदुपयोग गर्‍यो वा गरेन ? यसको जवाफ पनि उत्साहजनक छैन । आफ्नाप्रतिको जनगुनासो के छ ? कहाँ–कहाँ चुक भयो ? गल्तीकमजोरी के कति भए ? आजसम्म यसको गम्भीर समीक्षा र सिंहावलोकन हुँदै भएन ।

सत्ताको नशा यति धेरै लाग्यो कि दुःखका साथी र राजकीय पद दिलाउने जनता बिराना भए । जीवनशैली, प्राथमिकता र आचरण फेरियो । सरकारमा पुगेका विभिन्न थरिका कम्युनिस्टहरूसँगको उठबसले त कांग्रेसको मूल चरित्र नै हराएर सबै एकैजस्ता देखिन थाले । बिचौलिया, दलाल र चाकरिबाजहरू प्रिय भए । यस्ताको संगत र सहकार्यले गल्ती तथा सही छुट्याउने विवेक समेत गुम्यो । आफ्नो वैयक्तिक स्वार्थका निम्ति संस्थाको स्वार्थ गौण बन्न पुग्यो ।

बारम्बारको सत्तारोहणले त अहंकार यति बढ्यो कि सँगैको साथी बैरी देखिन थाल्यो । सत्ता उन्मादले लोकतान्त्रिक संस्थाहरू निरीह साबित भए । विधिको शासन कागजमा सीमित हुन लाग्यो, तर पनि होश आएन । निरीह जनताको जीवनमा कुनै सुधार भएन । नयाँ पुस्ता राजनीतिबाट कोशौं टाढा पुग्यो । देशको अर्थतन्त्र सुदृढ हुन सकेन । स्वास्थ, शिक्षा र रोजगार मरुभूमिको पानी भयो । छिमेकी देशहरूसँग सम्बन्ध सुमधुर भएन । समाजमा शान्ति र अमनचयन कायम भएन । राज्य संयन्त्र जिम्मेवार भएन । समाजको आधारभूत तहदेखि केन्द्रसम्म भ्रष्टाचारले गाँज्यो । दुनियाँका अगाडि राष्ट्रको प्रतिष्ठा धुमिल हुन पुग्यो । तैपनि चेत फर्किएन । दलहरूलाई सत्ताको मदिराले लठ्याउनुसम्म लठ्यायो ।

आजसम्मको यही हाल छ, यस्तै ताल छ । सुधारको कुनै लक्षण छैन । यसका लागि पछिल्लो समय कम्युनिस्टहरू बढी जिम्मेवार छन्, तर उनीहरूलाई मात्रै दोष दिएर कांग्रेस उम्किन सक्ने ठाउँ छैन । आफ्नो भागमा परेको दोषको जिम्मा लिनु पर्दछ । र, तत्कालै विगतको सिंहावलोकन गरेर अगाडिको मार्गचित्र तय गर्नुपर्छ ।

इतिहासबाट शिक्षा

भगवान् जस्तो कोही पनि सर्वसम्मत र लोकप्रिय हुँदैन । विभिन्न युगमा भगवानमाथि पनि प्रश्न उठाउने कालपात्रहरू खडा भए । र, विभिन्न धर्म र भगवान् खडा भए । मान्छे वा मान्छेले बनाएका संस्थाबाट त गल्ती कमजोरी हुन्छन् नै । बुद्धिमान मान्छे वा संस्था सधैँभरि विगतको कमजोरी सम्झिएर झोक्राएर बस्दैन । आत्मग्लानि वा अपराधबोधले खुम्चिएर किंकर्तव्यबिमूढ पनि हुँदैन । पुराना गल्ती कमजोरीबाट सिकेर नयाँ कार्ययोजना र उच्च आत्मबलका साथ भविष्यको यात्रा तय गर्छ । आज नेपालको राजनीति र कांग्रेस यस्तै मोडमा उभिएको छ ।

नेपालका हरेक राजनीतिक परिवर्तनमा निभाएको नेतृत्वदायी र अग्रणी भूमिकालाई पुँजीकृत गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्न जति ढिला भएपनि ढोकै बन्द भएको भने छैन । तर यसका लागि नेतृत्वमा उच्च आत्मविश्वास चाहिन्छ । कांग्रेस नेतृत्वमा आत्मविश्वास छ कि छैन स्वयं नेतृत्वले महसुस गर्ने र आवश्यकता अनुरूप प्रदर्शन गर्ने कुरा हो । यसमा छुट्टै बहस गरौंला । पार्टीका आमसदस्यमा अझै आत्मविश्वास र नैतिक बल बाँकी नै छ । कांग्रेसले नेपालका अन्य राजनीतिक दलसामु निरीह भएर खुम्चिनुपर्ने कुनै कारण छैन ।

नेपालका हरेक राजनीतिक परिवर्तनमा निभाएको नेतृत्वदायी र अग्रणी भूमिकालाई पुँजीकृत गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्न जति ढिला भएपनि ढोकै बन्द भएको भने छैन । तर यसका लागि नेतृत्वमा उच्च आत्मविश्वास चाहिन्छ ।

समयले सबैलाई सधैंभरि मौका दिँदैन । संसद्को सबैभन्दा ठूलो दल भएर पनि यतिबेला कांग्रेसलाई केन्द्रीय सत्ताबाट अवकाश मिलेको छ । यसलाई भाग्यको कुरा पनि मान्नुपर्छ । र, यस अवकाशलाई अवसरमा बदल्न सक्नुपर्छ । यसका निम्ति गल्ती कमजोरी स्वीकार्न लाज र शंकोच मान्नु हुँदैन ।

यो महान् लोकतान्त्रिक गुण हो । यसको अभावमा व्यक्ति वा संस्था लोकतान्त्रिक कहलिन सक्दैन । चरित्र र व्यवहारले सिद्ध नगरी सच्चा लोकतन्त्रवादी बन्न सकिँदैन । त्यसैले विगतबाट शिक्षा लिँदै आगामी यात्रा तय गर्नुपर्छ ।

उपनिर्वाचनको सन्देश

राजनीतिमा कहिलेकाहीँ संख्याको महत्त्व हुन्छ र कहिलेकाहीँ सन्देशको । चुनावमा पराजित भएपनि भर्खरै सम्पन्न निर्वाचनले कांग्रेसजनका लागि एउटा महत्त्वपूर्ण र सकारात्मक सन्देश पनि दिएको छ । ०६३ पछि नेपाली राजनीतिमा देखिएको जात्रा, गञ्जागोल र भद्रगोल अब धेरै दिन रहँदैन कि भन्ने थोरै आश पलाएको छ । एकप्रकारले नेपालका सबैजसो राजनीतिक शक्तिहरूले एकसाथ आक्रमण गर्दा र आन्तरिक अव्यवस्थाका बावजुद पनि कांग्रेस सतिसालजस्तो एक्लै उभिएको छ र भविष्यमा पनि उभिन सक्छ भन्ने सन्देश दिन सफल भएको छ ।

यसपटक सिट गुमाएर पनि कांग्रेसले आर्जन गरेको राजनीतिक साख यही हो र पार्टीले यसलाई पनि पुँजीकरण गर्नुपर्छ । र, पार्टीको आन्तरिक जीवनलाई थप सशक्त तुल्याउन केन्द्रदेखि टोलसम्म पुनर्जागरण अभियान चलाउनुपर्छ । यसले धेरै वर्षदेखि जमेको दुर्गन्ध र फोहोरलाई क्रमिक रूपमा विसर्जन गर्दै नयाँ आशा र सुगन्ध भर्नेछ । अर्को कुरा पार्टीमा हराएको विवेकलाई फर्काउनु पर्छ । विवेकहीनताले ग्रसित भएकाले नै मौजुदा दुःख बेहोर्नुपरेको हो । विवेकको पुनःस्थापनाले पार्टीभित्र न्यायको मुना पलाउनेछ । यसले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नेछ र कांग्रेसले दीर्घ जीवन पाउने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x