२६ असार २०८३, शुक्रबार

संशोधित राजश्व लक्ष्य भेट्टाउन दैनिक ६ अर्ब उठानुपर्ने

जेठ १३, २०८१
काठमाडौं
संशोधित राजश्व लक्ष्य भेट्टाउन दैनिक ६ अर्ब उठानुपर्ने

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ ।
आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्कलनको संशोधित लक्ष्य पनि प्रभावित हुने देखिएको हो ।

संशोधित लक्ष्य पूरा गर्न सरकारले चालु आवको बाँकी समयमा दैनिक छ अर्ब २८ करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ । अहिले दैनिक

करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन भइरहेको अवस्थामा बाँकी समयमा त्यसको दोब्बरभन्दा पनि बढी राजस्व सङ्कलन सरकारका लागि निकै चुनौतीपूर्ण बन्ने खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्