०७ असार २०८३, आइतबार

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको अफर : ४९ रुपैयाँमा अनलिमिटेड डाटा

जेठ १४, २०८१
काठमाडौं
गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको अफर : ४९ रुपैयाँमा अनलिमिटेड डाटा

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

२०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको दिवसको अवसरमा 'रिपब्लिक डे अफर' ल्याइएको कम्पनीले जनाएको छ ।

टेलिकमका अनुसार यो अफर यही जेठ १४ देखि १६ गतेसम्म लागू हुनेछ ।

यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टेलिकमका सह-प्रवक्ता परमात्मा भट्टराईका अनुसार यही अफरअन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध रहेको उनले जानकारी दिए ।​

यस्तै पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने उनको भनाइ छ ।

*१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्