
उच्च गतिको इन्टरनेट, विद्युत र सुरक्षा लगायतका पूर्वाधारका लागि बुटवलमा सूचना प्रविधि पार्क बनाइने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बुटवल र काठमाडौंमा सूचना प्रविधि पार्क बनाउने बताएका हुन् ।
जसमा ३ वर्षसम्म निःशुल्क वर्क स्टेसन बनाइने छ ।
यस्तै बजेटमा सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक सूचना हब सञ्चालनका लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा संरचना निर्माण गर्ने र ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माण गर्न १७ करोड रुपैयाँ विनियोजन गरिने अर्थमन्त्री पुनले बताए ।