×

NMB BANK
NIC ASIA

तिहारको मुखमा केरामा कडा विषादी, खाँदा ज्यानै जाला !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे, २ कार्तिक– चाडपर्व नजिकिँदै गर्दा काभ्रेको बजारमा फलफूलको माग अत्याधिक बढेको छ । माग अनुसार उत्पादन नहुँदा व्यापारीहरुले कडा विषादी प्रयोग गरि फलफूल पकाउने गरेका छन् । जिल्लामा यतिखेर विशेष गरी केरा पकाउन ब्यपारीले कडा बिषादीको प्रयोग गरेको भेटिएको छ ।

व्यापारीहरुले फलफूल पकाउन जथाभावी कडा बिषादीको प्रयोग गर्दा उपभोक्ता भने फलफूलसँगै विष सेवन गर्न बाध्य छन् । उपभोक्ताहरुको स्वास्थ्यप्रति खेलवाड गर्दै व्यापारीहरुले फलफूल पकाउनका लागि खुलेआम बिषादी प्रयोग गर्दै आए पनि स्थानीय प्रशासन भने बेखबर जस्तै देखिएको छ ।
जिल्लाको बनेपा, पनौती र धुलिखेल लगायतका स्थानमा रहेका आधा दर्जन फलफूल गोदाम र तीन दर्जन बढी साना फलफूल व्यवसायीले खुलेयाम बिषादी प्रयोग गरेर केरा लगायतका फलफूल पकाउँदै आएका छन् । व्यापारीहरुले केरा पकाउन ईथोपोन ३९ एसएलको क्रीपोन नामक बिषादी प्रयोग गरिरहेका छन् ।

अहिले काभ्रेका अधिकांश फलफूल व्यापारीले सोही बिषादी प्रयोग गरेर केरा पकाउने गर्छन् । भट्टिमा राखेर केरा पकाउदा पाँच गुणा बढि महगो पर्ने, काँचो फलफूल पाक्न ५ दिन भन्दा बढि समय लाग्ने, बढि स्थानको आवश्यकता पर्ने र धेरै परिमाणमा पकाउनु पर्ने भएकाले आफूहरुले बाध्य भएर बिषादी प्रयोग गर्दै आएको एक फलफूल व्यवसायीले बताए । सो बिषादीमा खतराको निलो रंङ्ग देखाइएको छ । जुन तेस्रो कडा बिषादीहरुको सुचीमा रहेको छ ।

ब्यपारीले सो बिषादी ड्रममा रहेको पानीमा मिसाउँछन् । नेपालमा उक्त विषाधी नपाउने भए पनि व्यापारीहरुले भारतबाट उक्त विषादी लुकाइ छिपाइ ल्याउने गरेको पाइन्छ । काँचो केरालाई उक्त विषादीमा भिजाएर कागजले बेरेर राखिन्छ । त्यस्तो केरा २४ घण्टा भन्दा पहिले नै पाक्ने गर्छ । अहिले बजारभरी नै बिषादी प्रयोग गरेर पाकाईको केरा बेरोकटोक बिक्री भइरहेको छ ।

बिषादीयुक्त फलफूल सेवन गर्दा विभिन्न खाले एलर्जी, अल्सर, हैजा, रगतको हेमोग्लोबिन नष्ट हुने, आखाँको दृष्टि कमजोर हुने, कोषको बृद्धि बिकासमा असर पुग्ने, पेटको समस्या, रक्तचाप घटाउने, स्नायु प्रणालीलाई असर पुर्याउने र छालाको क्यान्सर लगायतका समस्या आउन सक्ने चिकित्सकहरुको भनाइ छ । अहिले काभ्रेको बजारमा केरा १ सयदेखि १ सय ५० रुपैयाँ दर्जनका दरले बिक्री भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले यस बिषयमा कतैबाट गुनासो नआएको बताए । बजार अनुगमन गर्दा फलफूल केरा र स्याउमा प्रशासनको त्यती ध्यान नपुगेको आभाष उनको भनाइ छ । प्रशासनले तुरुन्त अनुगमन गरी यस्तो कार्य रोक्ने र विषादी उपयोग गर्ने व्ययापारीलाई कारबाही गरिने शिंखडाले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x