×

दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालन​मा

काठमाडाैं | जेठ २५, २०८१

​एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ महर्षि चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।


Advertisment

‘आज, भोलि, सधैं सँगै’ तथा ‘हामी तपाईँकै लागि’ अनुरूप स्थापना गरिएको नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवा लिन सक्नेछन् ।​


Advertisment

एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रमका बीच सेन्टरको उद्‌घाटन गरेका हुन् ।​​​

एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत नयाँ सेन्टरबाट लिन सकिनेछ ।

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बीज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

null

सेन्टर उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले गुणस्तरीय सेवा प्रदान गर्न व्यस्त बजार क्षेत्रमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको बताए ।

'ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई हाम्रा ग्राहकहरूलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्‍याउँदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो,' उनले भने ।​

नयाँ सेन्टर आइतबारदेखि शुक्रबारसम्म हप्ताको ६ दिन खुला रहनेछ ।

यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।

null

null

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

जेठ १४, २०८१

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको दिवसको अवसरमा 'रिपब्लिक डे अफर'...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x