
कञ्चनपुर, सिराहा र झापाबाट बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् ।
कञ्चनपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका- ५ बस्ने ५९ वर्षीय सुका डौडेलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, सिराहामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका- ४ बस्ने ३५ वर्षीय दिलीप सदालाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिलीपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका- ३ बिर्ताबजार बस्ने २९ वर्षीय प्रवृन्ड राउतलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।