२६ असार २०८३, शुक्रबार

एनएमबि बैंकले प्राप्त गर्‍यो ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्ड​​

जेठ २५, २०८१
काठमाडौं
एनएमबि बैंकले प्राप्त गर्‍यो ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्ड​​

एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ ।

यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लूएसीसी २०२४ प्रदान गरिएको हो ।

यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। 

एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।​

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । 

बैंकले दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी  ‘बैंक अफ दि इयर एशिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । ​

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । ​

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्