३० जेठ २०८३, शनिबार

भारतको सहयोगमा पूर्वी नवलपरासीमा बनेको विद्यालय भवनको उद्‌घाटन

जेठ २५, २०८१
काठमाडौं
भारतको सहयोगमा पूर्वी नवलपरासीमा बनेको विद्यालय भवनको उद्‌घाटन

​​​‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा बनेको त्रिभुवन माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

भारत सरकारको २.७५१ करोड आर्थिक सहयोगमा नवलपरासी ​​पूर्वको बुलिङटार गाउँपालिकामा निर्माण भएको उक्त भवनको शुक्रबार उद्‌घाटन गरिएको हो ।

विद्यालय भवन उद्‌घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम)का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारको उपस्थिति रहेको थियो ।

यस्तै विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

null

सुविधा सम्पन्न भवनमा प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीव विज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर तथा परीक्षा कोठा, छात्र र छात्राका लागि छुट्टै शौचालय निर्माण गरिएको छ ।

भारत र नेपालबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले भारत सरकारले पुऱ्याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।

null

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी सिद्ध हुने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । त्यसमा ४९० वटा परियोजना सम्पन्न गरिसकेका दूतावासले जनाएको छ ।

null

दूतावासका अनुसार नवलपरासी पूर्वमा ३ वटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् ।

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

त्यसमध्ये नवलपरासी पूर्वलाई ९ वटा एम्बुलेन्स र १० वटा स्कूल बस प्रदान गरिएको दूतावासले जनाएको छ ।​

यस्तै, गण्डकी प्रदेशभरि ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्