३० जेठ २०८३, शनिबार

आसाममा भारतीय वायुसेनाको विमान दुर्घटना

जेठ ३०, २०८३
काठमाडौं
आसाममा भारतीय वायुसेनाको विमान दुर्घटना

आसामको जोरहाटस्थित रौरिया एयरबेसमा भारतीय वायुसेना विमान दुर्घटनाग्रस्त भएको छ । शनिबार बिहान अवतरण गर्ने क्रममा सेनाको एएन-३२ विमान दुर्घटनाग्रस्त भएको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार दुर्घटनापछि विमानमा आगो लागेको थियो । दुर्घटनाग्रस्त विमान सेना र आपूर्ति ढुवानी गर्न प्रयोग गरिने कार्गो विमान हो । 

दुर्घटनामा पाइलटको मृत्यु भएको आशंका गरिएको छ। यद्पि, पूर्ण विवरण आइनसकेको दैनिक भास्करले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्