×

सफल सामुदायिक विद्यालय

प्रविधिसँग जोडिएको सुकुना मावि : विद्यार्थीको लर्को, निजीलाई झर्को

विराटनगर | जेठ २६, २०८१

विद्यार्थी अभावका कारण धेरै सामुदायिक विद्यालय ‘मर्ज’ भइरहेका छन् । धेरै विद्यालय विद्यार्थी खोज्न घर–घर पुगिरहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएका धेरै उदाहरण धेरै छन् । यसैकारण विद्यार्थी संख्या घटेको मान्न सकिन्छ । 

तर, मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयको अवस्था भने फरक छ । ग्रामीण क्षेत्रमा पर्ने यो विद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी छन् । सामुदायिक विद्यालयका लागि यो निकै ठूलो संख्या हो ।


Advertisment

सुकुना माविको स्थापना विसं २०२९ सालमा अलि फरक ढंगले भएको थियो । गाउँलेहरूले बाँसको टाटीले बारेर विद्यालयको स्थापना गरेका थिए । सुकुना पैनीसँगै जोडिएकाले विद्यालयको नाम पनि सुकुना राखिएको हो । ५२ वर्षको अवधिमा यो विद्यालयले राम्रो फड्को मारेको छ । योसँगै स्थापना भएका विद्यालयहरूका संरचनाबाहेक अन्य परिवर्तन भएनन् । तर यो विद्यालयले भने प्रविधिलाई पनि सँगै जोडेको छ । 


Advertisment

सुकुना माविमा पढ्ने विद्यार्थी विद्यालय गए/नगएको अब घरमै बसेर अभिभावकले थाहा पाउने भएका छन् । विद्यार्थी तोकिएको समयमा विद्यालयमा नआउँदा अभिभावकलाई म्यासेज जाने प्रविधि जडान गरिएको प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए ।

‘विद्यार्थीलाई हामी स्मार्ट कार्ड बाँड्दैछौँ,’ उनले भने, ‘उनीहरू गेटमा प्रवेश गर्दा र निस्कँदा अभिभावकको मोबाइलमा म्यासेज जान्छ ।’ स्मार्ट कार्ड छपाइको काम भइरहेकाले ढिलोमा एक हप्ताभित्रमा प्रयोग गरिने प्रअ बस्नेतले बताए । 

उनका अनुसार विद्यालयको गेटमा स्मार्ट एटेन्डेन्स सिस्टम जडान गरिँदै छ । उक्त सिस्टम सप्टवेयरमा कनेक्ट गराइएको हुन्छ । गेटमा राखिएका दुईवटा एलसीडीले स्मार्ट कार्डको रिड गर्छन् । विद्यार्थीले स्मार्ट कार्ड झुन्ड्याएपछि पाँच मिटर वरपरसम्म रिड गर्नेगरी सिस्टम बनाइएको प्रअ बस्नेतले बताए । विद्यालयले म्यासेज पठाउन नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । यो कार्यान्वयन भएपछि विद्यालय प्रवेशका लागि विद्यार्थीलाई स्मार्ट कार्ड अनिवार्य हुनेछ । 

null

सुकुना माविमा दुई सिफ्टमा पढाइ हुने गरेको छ बिहान र दिउँसो । बिहान पढ्ने विद्यार्थीका लागि कोचिङलगायत अन्य कक्षा दिउँसो अनिवार्य बनाइएको छ । 

सूचना प्रविधिलाई प्राथमिक दिएका कारणले पनि यो विद्यालयलाई सफलता मिलेको सरोकारवालाको भनाइ छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने विद्यालयमा खुला प्रतिस्पर्धा गराएर नै शिक्षक राख्ने गरिएको छ । निजी स्रोतबाट पढाउने शिक्षकलाई पनि राम्रो सेवा सुविधा दिने गरेको विद्यालयले जनाएको छ ।

सरकारी स्रोतबाट तलब खाने ८४ जना मात्रै शिक्षक छन् । ८६ जना शिक्षक भने निजी स्रोतबाट तलब खानेमा पर्छन् । शिक्षक कर्मचारी गरेर हाल १५६ जना यो विद्यालयमा कार्यरत छन् । विद्यालयलाई अभिभावकले  सहयोग गरेका कारणले नै यो सफलता मिलेको शिक्षकहरू बताउँछन् । ३५ वटा कक्षा कोठामा स्मार्ट बोर्डमार्फत पठन–पाठन गर्ने गरिएको छ । अन्य सबै कक्षामा प्रोजेक्ट जडान गरिएको छ ।  शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि शिक्षकहरूलाई तालिम दिने गरिएको छ । । ६३ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

सुकुना माविमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र कानूनको पढाइ हुने गरेको छ । 

विद्यालयले विद्यार्थीलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने गरेको छ । आजकल अधिकांश बच्चामा मोबाइलको लत नै बसेको हुन्छ । मोबाइलको लत नबसोस् भन्न हरेक दिन बेलुका एक घण्टा परिवारका सबै सदस्य बसेर गफगाफ अनिवार्य गर्नु पर्ने नियमसमेत विद्यालयले बनाएको छ । ‘मोबाइलकै कारण परिवारका सदस्यबीच समेत बोलचाल नै नहुने गरेका घटनाहरू प्रष्ट छन्,’ प्रअ बस्नेतले भने ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी समुदाय र घर परिवारमा पनि घुलमिल गर्न सक्ने हुन्छ । मोबाइलको लत धेरै हुँदैन ।’ 

विद्यालय सही सलामत चलेको छ–छैन भन्ने जानकारीका लागि सुकुना माविले अभिभावकलाई विद्यालयमा उपस्थित गराउने नीति लिएको छ । साइन्स ल्याब अन्य विद्यालयहरूको भन्दा राम्रो भएको विद्यालयको दाबी छ । हरेक दुईवटा कक्षाको बीचमा खानेपानीको धारा रहेको छ भने चिसो पानी र तातापानीको फरक–फरक व्यवस्था छ । आठवटा बसबाट विद्यार्थी ल्याइने गरिएको छ । तीमध्ये पाँचवटा विद्यालयकै र तीनवटा हायर गरिएको । 

सुकुना मावि २०७५ सालमा राम्रो नतिजा निकाल्न सफल भएको थियो । राष्ट्रियस्तरमा नै दोस्रो भएको थियो । विद्यार्थीलाई धेरै बोझ बोकाएरभन्दा पनि बुझाएर पढाइएकाले राम्रो नतिजा आएको शिक्षकहरूको भनाइ छ । यहाँ विद्यार्थीलाई पढाइको बोझ बोकाउन नपाइने विद्यालयले नियम नै बनाएको प्रअ बस्नेतले बताए । ‘पठन–पाठनलगायत देखिएका ९० प्रतिशत समस्याको समाधान गर्न विद्यार्थीलाई नै भनेका छौं,’ उनले भने ‘विद्यार्थीले सकेनन् भने हामी आफैँ सघाउँछौँ ।’ शिक्षकसँग ज्ञान छ भनेर शुरूमै समस्यासँग जुध्न नदिई विज्ञता देखाउन नहुने उनको तर्क छ । 

सुकुना माविकै आसपासमा सकुना कलेज रहेको छ । सुकुनाकै कारण निजी विद्यालयहरूलाई  ठूलो असर गरेको छ । निजी विद्यालयमा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी त्यहाँ छोडेर सुकुना माविमा आउन थालेपछि उनीहरूमाथि चुनौती थपिएको हो । यसैले होला निजी विद्यालयका सञ्चालकहरूले यस विद्यालयको खुलेर विरोधसमेत गर्ने गरेका छन् । विरोध गर्दा उनीहरूले गतिलो कारण भने औँल्याउन सकेको पाइँदैन ।  अभिभावककै सहयोगले विद्यालय चलाएर आफ्ना विद्यार्थी तानेको उनीहरूको आरोप छ ।

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x