२७ जेठ २०८३, बुधबार

'नेपाल आइडल-५' को ग्राण्ड फिनाले आज, कसले मार्ला बाजी ?

असार ८, २०८१
काठमाडौं
'नेपाल आइडल-५' को ग्राण्ड फिनाले आज, कसले मार्ला बाजी ?

गायन रियालिटी शो 'नेपाल आइडल' सिजन- ५ को ग्राण्ड फिनाले शनिबार (आज) राति हुँदैछ।

फिनालेमा बर्दियाका करण परियार, पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल पुगेका छन् ।​

कार्यक्रमका निर्देशक सुरेश पौडेलका अनुसार उनीहरूलाई शनिबार राति ८ बजेसम्म भोट गर्न सकिनेछ ।​ दर्शकको भोटकै आधारमा विजेता घोषणा गरिने छ ।

फिनालेमा प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अलीलगायतका कलाकारले आ-आफ्नो प्रस्तुति दिनेछन्।​​

'नेपाल आइडल' सिजन- ५ को जजमा ​न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । यस्तै रिमा विश्वकर्मा र आशिफ शाह कार्यक्रम प्रस्तोताको रूपमा छन् ।​

'नेपाल आइडल' सिजन- ५ को विजेताले २५ लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

फस्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।

यसअघि आइडल सिजन- ४ मा भैरहवाका भूपेन्द्र थापा विजयी बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्